तस्बिर वेब

बाढी-पहिरो अपडेटःमृत्यु हुनेको संख्या ६५ पुग्यो,३० अझै बेपत्ता

Hollywood Khabar July 13,2019 Comments

३० असार काठमाडौं।अविरल बर्षा पछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो।प्रहरीको अनुसार बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन्।१८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको जनाएको छ।

बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ।बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो।बाढीबाट भएको मानवीय क्षतिको विवरण निम्नानुसार: