https://www.youtube.com/embed/52FlOYNRPFA

सोनु सापकोटा र सीता श्रेष्ठको बच्चा देखिको प्रेम कहानी पर्दाफास

Hollywood Khabar July 22,2018 Comments

जापानबाट नेपाली सांगीतिक क्षेत्रमा निरन्तरता दिदै आइरहेका लोकप्रिय गायक प्रेम सापकोटा सोनु र पछिल्लो समयकै निकै चर्चित गायीका सिता श्रेष्ठको आवाजमा तीज गीत बच्चाको साथी सार्वजनिक भएको छ।

उसो त मीठा-मीठा मौलिक तीज गीतहरु बजारमा आउने क्रम बढिरहेको छ। यहि भिडमा एउटा नयाँ मौलिक तीज गीत तथा भिडियो बजारमा आएको छ। शरु शर्मा कडेलको प्रस्तुति रहेको तीज गीत बच्चाको साथि।
गायिका सिता श्रेष्ठ र प्रेम सापकोटा सोनुको आवाज रहेको गीतको शब्द संगीत भने गायक स्वयम प्रेम सापकोटा सोनुले गरेका छन्। स्मृति तिमिल्सिनाले म्युजिक भिडियो निर्देशन गरेकी छन त स्मृति तिमिल्सिना र युवा पुस्ताका चर्चित युवा मोडल जेम्स बिसिको अभिनय रहेको छ।

यस गीतको सम्पादन प्रकाश धमलाले गरेका हुन भने दुर्गा पौडेल, शुरेश श्रेष्ठ र संगम प्रकाश कडेलले छायाकन गरेको हुन्। म्युजिक भिडियोको दृश्य निर्माण गुरुआमा फिल्मस प्रा.लिले गरेको छ। म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण आरति मिडिया प्रा.लिले गरेको छ ।