-सांकेतिक तस्विर

आफ्नै बाबुद्वारा नौ वर्षकी छोरी बलात्कृत 

Hollywood Khabar February 17,2019 Comments

६ फागुन,ललितपुर।नेपाल प्रहरीका एक पुर्व हवल्दारले आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेका छन्।ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल निवासी  पुर्व हवल्दारले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।शुक्रबार राति ८ बजे श्रीमती माइतीघर (पोखरा) गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका थिए । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा जाँच गर्न जाँदा  यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि बालिकालाइ आफ्नै बाबुले जबरजस्ती करणी गरेको खुलेको हो ।