बाबा साष्टाङ्ग दण्डबत्

Hollywood Khabar September 07,2018 Comments

 तिमीले देखाएको संसार 
तिम्रै दृष्टिबाट हरक्षण हरपल 
तिम्रै अधरबाट मुस्कुराउदै 
म हेरिरहेछु मेरो संसार 

तिम्रै औला समाउदै 
तिमीले नै डोर्याएको बाटो अनि पदचापलाई पछ्याउदै
तिमीले दिएको साहस उत्साह र स्फुर्तिलाई हृदयमा बोकेर सदा 
बाबा तिम्रै मार्गदर्शनमा मिलेका जिवनका सफलताहरु 
हजुरका मन मस्तिष्कले चुमेझैं लाग्छ मलाई 
म त्यसैमा हरपल रमाईरहेको हुन्छु 

अनि तिम्रो हाँसोमा म हाँस्छु तिम्रो रोदनमा म रुन्छु 
तिम्रो पीडामा म छटपटाउँछु तिम्रो खुशीका लागि सदा अर्पण 
यो मन तिम्रो सपना साकार पार्न लागीपरेको छ
 जीवनको लक्ष्य मध्येको एउटा
 हजुरको सुख शान्ती र खुशी सधैं त्यो अधर मुस्कुराएका हेर्ने 
अतृप्त मनोकाँक्षा प्रभु एउटै चाहाना र वन्दना छ मेरो
बाबाको अधरमा मुस्कान फुलेको हेर्न पाउँ 

सदा आँखामा चमक चम्कीरहोस 
नौलाख तारा झैं चमचमाइ रहोस 
बाबाका ईच्छा र आकाँक्षाहरु
 सदा ती आँखामा रहन पाउँ 

हजुरको उत्साह एवं खुशी र सुख शान्तीमा 
सदा बहन पाउ नदी झैं अबिरल 
सदा हजुरको आधार हुन सकुँ 

हजुरको हृदयको ढुकढुकीमा रहेर 
पवित्र त्यो चरण कमलमा शिर नुहाएर 
त्यो चरण कमलको धुलोमा लुटपुटीदै 
सदा हजुरको सेवामा रहन पाउँ 
बाबा साष्टाङ्ग दण्डवत 
दिपक अभिमन्यू