बाँध मायाले: पारवारिक चलचित्र र निस्वार्थ मायाको परिभाषा

Hollywood Khabar September 02,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली चलचित्रमा एउटा फरक पन दिन्छु भनेर सोहि बिषयमा हलिउड नगरीबाट पढेका बिधार्थी हुन् आर्यन अधिकारी। सान फ्रान्सिस्को बे एरियामा हुर्केका अधिकारीको परिवार नेपाली फिल्म इण्डस्ट्रीमा चिरपरिचित नाम आकाश अधिकारीसंग पनि जोडिन्छ।

हाल सम्म ५ वटा नेपाली चलचित्र खेलिसकेको बताउने अधिकारीको रिजिल हुँदै गरेको बाँध मायाले भने दोश्रो फिल्म हो। पहिलो मूभीबाटै सफलाता पाएका अधिकारीले यो मूभी वास्तविक मायाको परिभाषा दिने खालको भएकोले आफूले खेलेको कुरा बताएका थिए।

अगष्ट २, २०१८ मा सान फ्रान्सिस्को बे एरियामा गरिएको प्रिमियर सोमा चलचित्र हेर्न आएका दर्शक र आफन्तहरुका साथमा नायक अधिकारी पनि थिए। सोहि अवसरमा सिटी अफ साराटोगाका काउन्सिल मेम्बर ऋषि कुमारले नायक अधिकारीका बारे बोल्दै उनलाई सिटीको तर्फबाट एक प्रसंसा पत्र समेत प्रदान गरे। 

शबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायालेमा आर्यन नायक अधिकारीका साथमा नायिका श्रीष्टी श्रेष्ठ, चर्चित हाँस्य कलाकार राजाराम पौडेल, किशोर खडका लगायतका कलाकारहरुको अभिनय रहेको छ। अष्ट्रेलियाको सिड्नीमा पहिलो प्रिमियर सो गरिएको यो मुभीको दोश्रो प्रिमियर भने आफ्नो होमटाउनबाट गरेका छन्। आर्यनको बाँध मायाले नेपालका सबै हलहरुमा असोज ५ अर्थात २१ सेप्तेम्बेर २०१८ देखि प्रदर्शन हुनेछ।

नायक आधिकारीले भने जस्तै बाँध मायाले एउटा प्रेम कथा रहेछ। समग्रमा चलचित्र अलिक फरक धारको छ। मायाको पारखीहरुलाई यो चलचित्र मनपर्ने छ। कथालाइ भन्दा पनि एउटा जीवनको अभाव, संघर्ष, पिडा, दु:ख, सुख, खुशी जस्ता समाजकै कुरालाई चलचित्रमा समेटेर पस्किएको छ।

बाँध मायालेमा कलाकारहरुको समग्र कला प्रस्फुटन भएको छ। निर्देशकले कला पक्षलाइ धेरै मिहेनत गरेको देखिन्छ। नायक र नायिकको एकटिंग राम्रो छ। फाइटमा नयाँ पना छ, नयाँ जेनेरेशनलाइ मनपर्छ। डायलग डेलिभरीले एउटा पुरानो चलन तोडेको देखिन्छ। राजा राम पौडेलको बारे त लेखिरहन नै पर्दैन उसै पनि उत्तम कला भएको व्यक्ति यसमा पनि उत्तम नै छन्। बाँध मायेल चलचित्रको महत्वपूर्ण पाटो कोरियोग्राफी र मेकअप स्वभाविक छन। सिम्पल तर वास्तविक रुपमा देखिने तरिकाले मुभीका कालाकारलाइ वास्तविकता तिर लगेको छ। गीत रोमान्टिक र मनोरंजन दुवै खालका छन। नायकलाइ नकारात्मक र सकारात्मक दोबाटोमा कथानुसार नै घुमाएको छ। समग्रमा पारिवारिक यो चलचित्रबाट दर्शक सन्तुस्ट हुन्छ।