=ऋषभदेव घिमिरे

बा र बाहरु ...........

Hollywood Khabar August 19,2017 Comments

अाेत बनेर
अाफ्ना पीडाहरुलाई
अन्नपूर्णााकाे टाेपिले सजाएर
बा सुदूरकाे यात्रा गर्नु हुन्थ्याे
पूर्वकाे दाैडाहामा जानू हुन्थ्यो 
अाकासकाे सफेद रङ्ग अाेडेर
शिरभरि काँसका सेता फूल फुलाएर
बा हाम्रा सामु
गुलाफ जस्तै मुस्कुराउनु हुन्थ्याे
बा अाफ्नै गति,यति र लयमा
बग्नु हुन्थ्यो र धान्नु हुन्थ्यो श्रृष्टिकाे बिढाे
फाटेकाे भाेटाे
मयल कटकटिएकाे इष्टकाेट
उध्रिएकाे टाेपिकाे घेराे
घुडा च्यात्तिएको सुरुवाल लगाएर
अब बाहरु बृद्धाश्रम जानू हुने छैन
बा अाफ्ना पैत्रिक अस्तित्वलाई
अझ सबल बनाउन
बा जप्दै हुनु हुनु हुनेछ
सन्तान सुखका लागि माङ्गलिक जप
बाका सन्तानहरुले 
मनाउने छन 
बा र बाहरुकाे 
चाैरासि पुजा र विजय उत्सब
अाजका बाहरुलाइ
अाँगन परदेश भएकाे छ
परदेश पुगेका सन्ततिहरु
देख्ने उत्कट अभिलाषा बाेकेर
अाफ्ना चिम्सा अाँखाहरुलाइ
हत्केलाले पुछेर
बाहरु हेरि रहेका छन 
किन्नरिकाे बाटो 
साचेर मायाका विपुलहरु
बा अाफ्ना चाउरि परेका
गाला र हातहरु सुमसुम्याउदै
दशै पर्खि रहेेका छन
सन्तानका निधारहरू सजाइ दिन
बाहरुले साचि रहनु भएको छ
अाशिषका असख्य ढुकुटीहरू
अविरल=अविराम
अामाले अात भरि दिनु हुन्थ्यो 
बाले अाट थपि दिनुु हुन्थ्यो 
बा अाफ्नाे जीवन यात्रामा कहिल्यै थाक्नु भएन
निधारका चाउरि परेका कुलेसाहरूमा
कहिल्यै दु:ख बगाउनु भएन
बा हाम्रा लागि 
सगलाे सगरमाथा बनेर
सपनाका बिस्कुनहरू
खला भरि सुकाउनु हुन्थ्यो 
एक एक दाना सङ्गालेर
अामा समृद्धिकाे भकारी भर्नु हुन्थ्यो 
अामा र बाकाे त्याग र तपस्यामा
नतमस्तक छ हाम्राेे शिर
र जाेडिन्छन् उहाहरुकाे सम्मानमा हाम्रा हातहरु
अामाले
सिङ्गाे धर्ती बनेर
सन्तान उमार्नु भाे
बाले अटल र अचल पहाड भएर
सन्तानमा वल भर्नु भाे 
कर्मयाेगकाे पाठ पढाउनु भाे
हिम्मत जगाउनु भाे 
यावत् उहापाेहहरुका बिच
अामाका शाश्वत सत्य
अाफु भित्र सजाएर
पसिनाकाे मसिले
बा र बाहरुले लेेखि रहनु भाे
सन्तान सुखका कविताहरु।
=ऋषभदेव घिमिरे,गाेदावरी