-सांकेतिक तस्विर

बिहेमा गएका युवाहरुबीच झडप:एकको मृत्यु

Hollywood Khabar May 13,2019 Comments

३१ बैशाख दैलेख ।नारायण नगरपालिका-५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु भएको छ।सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच झगडा भइरहेको बेला करिब राति १२ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ। 

झडपमा संलग्न व्यक्तिको प्रहरीले खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।मृतक थापाको शव अहिले जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।