Binod Roka

सम्मान पनि ग्याष्ट्र्कि जस्तै नसा लाग्ने रोग: खोएविर्के वा ब्लाकलेवल दिने त नसा नै हो

Hollywood Khabar February 25,2019 Comments

विनोद रोका, न्युर्योक

ग्याष्ट्र्कि, सम्मान, र त्यागको ओदानबाट म कहिले बाहिर निस्कन सकिन। अनि त जहिले पनि यही ओदानमा म जलि रहेको हुन्छु।

खोटांगको एउटा सानो गाउँमा जन्मीएको म पहाडे ठिटोलाई ग्याष्ट्र्कि भन्ने शव्द गाउँघर छाडेर शहर नपसेसम्म थाहा थिएन। उमेरसंगै सपनाहरु थपिन थाले। ती सपना पुरा गर्न तराइहुदै काठमाण्डौमा आए। सपनाको संसारमा एउटा शुन्दर भविष्यको परिकल्पना गरे। अनि त्यो परिकल्पना पुरा गर्न ज्यान फालेर कुदन थाले म।

रातको निद हरायो, खाएको पच्न छाडयो तैपनि मैले आफनो गतिलाई रोकिन। किनकि लक्ष्यहरु धेरै टाढाका थिए। मेरो स्वास्थ्य विग्रदै गयो। अनि डाक्टर र बैद्यकहा धाउन थाले। कुनै दवाइले काम नगरे पछि मात्र पो बुझियो मलाइ ग्याष्ट्र्कि भएछ। अनि पछि बुझे यो रोग त नेपालीको राष्ट्र्यि रोगनै पो रहेछ। संयोगले केही मित्रहरु भेटिए। जस्ले यो ग्याष्ट्र्कि रोगको उपचार भनेको अपच हुने खानेबस्तु नखानु, भोकभन्दा कम खानु, चिन्ता नलिनु, प्रसस्त पानी पिउनु, योग र ध्यान गर्नु आदि इत्यादि।

मित्रहरुले भनेको कुराहरु सुन्दा त सामान्य नै थिए। अनुभव गर्दा पनि के थाहा भो भने केही खानेबस्तुहरु मेरो शरिरका लागि अनुकुल रहेनछन। अर्थात ती खानाहरुको मलाई एलर्जी हुदो रहेछ। अनि ती खानाहरु खादा मलाई अपच हुने, शरिरमा गर्मी बढने अनि निन्द्रा नलाग्ने रहेछ। यो निष्र्कस मेरो शरिरको प्रयोगशालाले दिएको रिर्पोटले देखायो।

त्यसैले केही दिन खानेकुराहरु त्यागे, केही सन्चो पनि भयो। तर केही सन्चो हुने वित्तिक्कै फेरी मनले थाम्न सकेन फेरि तीनै बस्तुहरु खान थाले। अरुको बचन हार्न नसकेर भन्दै ती बस्तुहरु खाइयो। घरपरिवारका सदस्यले यो खानाले बिसाउछ भन्दा पनि कहिले अरुको मान राख्नको लागि खाए भने कहिले आफ्नै मन राख्न खाएँ। शरिरको कण कणमा जम्मा भएको संस्कार अर्थात नसाले मलाई बिचलित बनायो। यो ग्याष्ट्र्कि भन्ने रोग अमेरीकाको न्युर्योकमा आएको करिब २१ बर्ष पुग्दा पनि छुटेको छैन। यस्ले मलाई प्राय सताउछ। किनकि मैले मेरो लागि खान नहुने बस्तु पुर्णरुपले त्याग्न सकेको छैन।

सम्मान पनि मेरा लागि ग्याष्ट्र्कि जस्तै रहेछ। त्यो तथ्य मैले आध्यात्मीक गुरुबरहरुको सानिध्य, अध्ययन र ध्यानको अभ्यासको यात्रामा अनुभव गरे। मैले कुनै ठुलो सम्मान त पाएको छैन। तर नसा भने लाग्दो रहेछ।

आखिर खोएविर्के रक्सी होस वा ब्लाकलेवल दुबैले दिने त नसानै त हो। मैले पाएको सम्मानहरु जे पाए पनि ती मेरा लागि अपाच्य रहेछन भन्ने महसुस भयोे। किनकि यो सम्मान पाएपछि अलिकति आफु फुलेको महसुस गरे। सामान्य मान्छे अर्थात समकालीन साथीभाई भन्दा आफु अलिकति माथि भए जस्तो लाग्ने।

कार्यक्रममा अगाडीको लाइनमा गएर बस्नु पर्छ भन्ने सोच आउने। आयोजकले आफनो नाम मन्चबाट उच्चारण नर्गदा चित्त दुख्ने। पत्र पत्रिकामा आफनो नाम र फोटोसहितको समाचार आयो कि आएन ? भनेर सोधपुछ गर्ने। सेयर गर्ने। यति मात्र होइन चिनेकालाई पढनु होला है भनेर अनुरोध पनि गर्ने।

अनि फेसबुकमा पोष्ट भएको फोटोमा कतिले लाइक गरे। कस्तो कमेण्ट गरे भनि छिनछिनमा मोवाइल हेर्ने आदि।

यसरी सम्मान पाउदा पनि मन भने बेचैन नै रहयो। शान्ति र आनन्द हरायो। मानौ मनको शान्त तलाउमा कसैले ढुंगा हान्यो अनि पानी छचल्कीयो। ओशोले भनेझैँ तलाउमा हिरा वा ढुंगा जे फाले पनि त्यस्ले दिने आखिर तरंग नै त हो।

सम्मान नपचे पछि मैले पनि अब यो सम्मान त्याग्छु भन्ने धारणा बनाए। यो धारणा मैले एनआरएनए एनसीसी अमेरीकाको २०१४ र २०१५ का दुइवटा निर्वाचन अन्य साथीहरुको सहयोगले सम्पन्न गरेपछि बनाएको थिए। अर्थात मनबाट सम्मानको त्याग गरेको थिए, अपच भएपछि।

यसै समयमा युएस नेपाल वनलाइनका प्रधान सम्पादक प्रदीप थापा परियारजीले आफनो पत्रिकाको बार्षिकोत्सव २०१६ मा एनआरएनको निर्वाचन निर्वाचन प्रमुखको रुपमा रही सफलतापुर्वक सम्पन्न गराएको हुदा सम्मान गर्ने व्यक्तिको लिष्टमा मेरो नाम पनि रहेको हुदा स्वीकृतीको लागि अनुरोध गर्नु भयो। मैले थापाजीलाई आफुले सम्मान परित्याग गर्ने निर्णय लिन खोजेको धारणा बताए। त्यसैगरी थापाजीलाई मैले निर्वाचन सफल भए पनि विवादरहित भने हुन नसकेको तथ्य पनि बताए। थापाजीले भन्नु भो हाम्रो सम्मानको पालो पछि मात्रै तपाईको धारणालाई कार्वान्ययन गर्नुहोला नि।

त्यसैले त्यो सम्मान मैले थापाजीको बचन हार्न नसकेपछि टार्न सकिन। त्यो सम्मान पछि म सार्वजनिक समाहरोगमा पातलो हुदै गए। सम्मानको लालच पनि लाग्दैन। त्यसैले चित्त दुख्ने रोगबाट त्यति ग्रसित भएको छुइन। अनि कहिलेकाहि सोच्दछु साच्चै म सम्मान त्याग्न सक्ने भएछु।

तर जब मैले त्यागमा पनि अहं देखे अनि लाग्यो आफ्नै मेरो त्याग धरातलमा पुगेको रहेनछ। मैले यो कुराको अनुभव एऊटा घटनाबाट गरे। एकजना पदाधिकारीले मलाई आफनो संस्थाको बार्षिक कार्यक्रममा गितकारको रुपमा सम्मान गर्ने भनि सर्वसम्मत निर्णय भएको हुदा तपाईले सम्मान स्वीकार गरीदिनु होला भन्ने प्रस्ताव गर्नु भयो।

अनि मैले उहालाई आफु त्यस्को लागि योग्य व्यक्ति होइन। किनकि म वकिल मान्छे हु। आध्यात्म, साहित्य, र संगित मेरो रुचिको बिषय भएको हुदा यिनैमा रमाउने गर्छु। त्यसैले म भन्दा अरु असल श्रष्ठालाई नै सम्मान गर्नुहोस भने। यसो भन्दा पनि उहाले आफुहरुले चिनेको धेरै मध्ये तपाईलाई नै छनौट गरेको हो। यसपाली हामीले केही नगद पनि राखेको छौ सम्मानका साथमा भने।

मैले फेरी उहालाई भने बरु तपाईले नचिनेका तर मैले चिनेको म भन्दा राम्रा गितकारको नाम सम्मानका लागि सिफारिश गर्छु। अनि जवाफमा उहाले मलाई भरसक मैले नै लिनु पर्ने, नलिने भए मात्र अर्को राम्रो व्यक्तिको नाम दिनुहोला भने।

मैले आफुले चाहि नलिने निर्णय गरे। अनि अरुको नाम सोच्न थाले। केही नामहरु पनि सोचे जो म भन्दा धेरै राम्रा गितहरु लेख्नुहुन्छ। अनि ध्यानको कुनै अवस्थामा मनमा एउटा भाव आयो -मैले पाएको सम्मान पनि त्यागे भन्ने कुरा अरु कस्लाई त थाहा हुनु परर्याे नी ? त्यसैले मैले यो कुरा त कसैलाई भन्नै पर्ला।

अनि मनले भन्यो फलानालाई भन्नु राम्रो होला। जो संग म सप्ताहन्तमा सामुहिक ध्यानमा बस्ने गर्दछु। तर कसरी भन्ने त ? उसल त पक्कै मलाई भन्ने छ तेरो त्यागको अहंपन गएको छैन। अनि मलाई आफुले सुनेको कुनै आध्यात्मीक कथा सुनाउला। अनि मैले ओशोबाट सुनेका बुद्धकालीन एउटा भिक्षुले गरेको त्यागको कथा स्मरण गरे। त्यसपछि मेरो मन रोक्कीयो आफनै सासमा गएर। मेरो स्मरणमा रहेको कथाको सारसं यस्तो थियो।

धर भन्ने व्यक्ति भिक्षु भनेछ। धर र उस्को भाइलाई उनीहरुका पिताजीले सय सयवटा सुनका सिक्काहरु दिदै भनेका रहेछन अब तिमिहरुले यी सिक्काहरु लिएर आ आफनो व्यवहार गर। धरले आफना पिताजीबाट प्राप्त सुनका सिक्काहरु भाइलाई दियो। अनि घर छाडेर भिक्षु बन्यो। त्यसैले धर आफना भिक्षु साथीहरुलाई प्राय आफुले घर त के सुनका सयौ सिक्का पनि त्याग गरेको प्रसंग जोडदो रहेछ। बुद्धलाई पनि धरको त्यागको प्रसंग जानकारी भएछ। अनि एकदिन भिक्षुहरुलाई बुद्धले भनेछन त्याग्ने र भोग्नेमा फरक हुदैन। किनकि त्याग्नेमा पनि त्यागको अहं हुन्छ अनि भोग्नेमा पनि भोगको अहं हुन्छ।

यो कथाको स्मरण आएपछि मैले आफुलाई फेरी जाचे। मेरो सम्मान त्यागको निर्णय कैयो जन्मदेखि मेरा शरिरको कणकणको स्पन्दनमा संचित रहेका संस्कार, बानी, अतृप्त इच्छा वा भनौ नसाको कारणले गर्दा बार्नुपर्ने खाना नबारेको कारणले गर्दा लागेको ग्याष्ट्र्कि भन्दा कुनै फरक रहेनछ।

यो प्रसंग मैले जुन मित्रलाई भन्छु भनेको थिए उस्लाई आजसम्म भनेको छैन। तर पनि मैले यस बिषयमा यति लामो लेख लेखे। साच्चै लागेको संस्कार वा बानी सुर्धान बुद्धिको तहमा मात्र थाहा पाएर पुग्ने रहेनछ। त्यसैले मैले आफनो सम्मान त्यागको अवस्था त्यो धरको भन्दा फरक पाइन।