अभियुक्तले पहिला नै बिगो दाखिला गर्न नपर्ने

Hollywood Khabar September 22,2018 Comments

८ असोज काठमाण्डौं।बैंकिङ कसुरको आरोपमा अब अभियुक्तले पहिला नै मागबमोजिम बिगो बैंकमा नगद दाखिला गर्न नपर्ने भएको छ।सर्वोच्च अदालतका न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वर खतिवडा र डा.आनन्दमोहन भट्टराईको पूर्ण इजलासले ज्ञानेन्द्र पुरकोटीलगायतको मुद्दामा बिगोबापत नगद नै राख्नुपर्ने पहिलाको आदेश बदर गरिदिएको छ।

सर्वोच्चले जरिवाना तथा कैदबापत जेथा वा बैक जमानी वा नगदै दाखिला गर्नुपर्ने गरी भएको आदेश पनि कानूनमा आधारित नभएको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको छ ।सर्वोच्च अदालतको संयुक्त इजलासले २७ साउन ०७४ मा गरेको आदेशले बैकिङ कसूर गरेको आरोप लागेका अभियुक्तहरूले मुद्दा दायर गर्नुभन्दा अघि वा मुद्दाको पुर्पक्ष गर्नुअघि बिगो नगदै जम्मा गर्नुपर्ने आदेश दिएको थियो ।साथै सोही कसुरमा लाग्ने जरिवाना तथा कैदबापत जेथा वा बैंक जमानी वा नगदै जम्मा गरे मात्र तारेखमा छुट्न पाउने गरी आदेश जारी गरेको थियो ।