साङ्केतिक तस्बिर:साभार वेब

औपचारिक कार्यक्रम बिनानै मनाईदैछ १३ औँ गणतन्त्र दिवस

Hollywood Khabar May 26,2020 Comments

१५ जेठ काठमाडौं । गएका वर्षहरुमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ तीन दिनसम्म मनाउने गरेपनि यस वर्ष कोरोना भाइरस ९कोभिड– १९० को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित भएको छ।ठूला कार्यक्रम आयोजना नगरि गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको हो।मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको थियो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली उपराष्ट्रपति नन्दबहादुर पुन,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’,प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गणतन्त्रबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै जनताको अधिकार जनतामै निहीत रहेकाले अधिकतम् अधिकार उपभोग गर्न आग्रह गरेका छन् ।

उनीहरुले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न तथा दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।लकडाउनका कारण प्रदेश र स्थानीय तहमा गणतन्त्र शुभकामना दिने कार्यक्रम मात्र रहेको छ ।