तस्बिर साभार वेब

औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना संक्रमितमा प्रयोग गर्न डब्लूएचओले रोक लगायो

Hollywood Khabar May 24,2020 Comments

१३ जेठ,काठमाण्डौं।विश्व स्वास्थ्य संगठन डब्लूएचओले औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना सङ्क्रमण भएका बिरामीमा प्रयोग गर्न रोक लगाएको छ।संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो। विभिन्न देशमा अहिले यो औषधिको परीक्षण भैरहेकोमा सावधानी अपनाउनको लागि भन्दै अस्थायी रुपमा परीक्षण रोक्ने निर्णय भएको बीबीसीले जनाएको छ। 

एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना सङ्क्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यो निर्णय आएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आउनुभएको छ।यसैबीच,विश्वका विभिन्न देशमा गरी साढे २३ लाख भन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन्।५५ लाख ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २३ लाख ६१ हजार भन्दा धेरै निको भएका हुन्।३ लाख ४७ हजार भन्दा धेरैको ज्यान गएको छ।छिमेकि देश भारतमा कोरोनाका नयाँ बिरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ।गएको २४ घण्टामा मात्रै भारतमा ७ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् भने १ सय ५६ जनाको ज्यान गएको छ।योसँगै भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा कोरोना पुष्टि हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको वर्ल्डओमिटरले जनाएको छ ।