-तस्विर वेब

एटीएममा नेपाली भाषा अनिवार्य राख्न राष्ट्र बैंकको निर्देशन 

Hollywood Khabar May 19,2019 Comments

६ जेठ, काठमाण्डाै।नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा १ महिना भित्र नेपाली भाषाको सुविधा राख्न पुन निर्देशन दिएको छ।राष्ट्र बैंकले सूचना जारी गर्दै १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको हो।राष्ट्र बैंकले  सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई  लिखित जानकारी गराउन भनेको छ।