-हत्या, लुट, चन्दा असुलीमा संलग्न आतंकारी विप्लव भनिने नेत्र विक्रम चन्द

आतंकारीले सत्ता पाउने तर उनैबाट मारिएका नागरिकले न्याय नपाउने ?

Hollywood Khabar March 04,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च ४, २०२१

नेपाल सरकारले नेपाली नागरिकहरुको हत्या, लुट, चन्दा असुली मात्र होइन पर्यटकहरु समेतलाइ दुख दिने आतंकारी नेत्रविक्रम चन्द समुहलाई देश र नागरिकलाइ बेवास्ता गर्दै सत्ता साझेदार समेत बनाउने भएको छ। यतिमात्र होइन उसका सबैलाई रिहाइ, मुद्दा फिर्ता र सत्ताको साझेदार पनि बनाउने भएको छ।

यस्तो क्रम भने पहिलो पटक भएको होइन। विगतमा पुष्प कमल दाहालको नेतृत्व, तराइका अर्का आतंकारी सबैलाई सत्तामा जोडेर उन्मुक्ति दिने गरिएको छ। हुन त आतंकारी, गुण्डा र हत्यारा सबैलाई राजनीतिमा गएमा, चुनावमा गएमा, प्रतिनिधि भएमा सबै मुद्दा फिर्ता लिने गरिएको छ। ति रेशम चौधरी, चक्रे मिलन हुन् या अरु कुनै।

आतंकारीद्वारा मारिएका नागरीक, पिडित पक्ष र आम समुदाय, बिनास गरिएका सम्पति इत्यादिको न्याय कहिले पाउने। सत्तामा पुग्न एक रातमा नै एउटा कागजमा सहि गर्दा सिंगो देशले मानिदिनु पर्ने। तर हत्या, आतंक र बलात्कार गरेर मारिएकालाइ न्याय दिन बर्षौं लाग्ने किन हो ? गोरखाका अधिकारी परिवारले न्याय कहिले पाउने ? उनका हत्याराका नाइकेले पटक पटक सत्ताको स्वाद चाखिसके तर पनि नागरिकले न्याय नपाउने किन ?

कुनै पनि आतंकारीले नेपालमा सत्ताको पुरकार पाउने तर सोझा, निर्दोष र निमुखा नागरिकल न्याय नपाउने किन ? आज आन्दोलनको नाममा बन्द, लुट गर्यो, निर्दोषलाइ मार्यो भोलि सत्तामा पुगिगयो। दण्ड हिनता कहिले सम्म ? लोकतन्त्र भनेको यहि हो ? पंचायत, बहुदल र अरु कुनी पनि सत्ताको समयलाइ जोडेर हेर्दा लोकतन्त्रमा धेरै मानिसले न्याय पाएनन्। यसको जवाफ कसले दिने ?

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री, रक्षामन्त्री समेत हुँदा सुरक्षामा छैन भन्ने चिन्ता तर नागरिकको चिन्ता कसले लिने ? दिन दहाडै लुट्ने, हत्या गरेका आला रगत सुकेका छैनन् तर पनि विप्लब आतंकारी समुहलाई राता-रात सत्तामा लैजाने अधिकार नेपाल सरकारलाई कुन कानुनले दिएको छ ? के सरकार संबिधान भन्दा माथि छ ? स्वार्थको लागि आतंकारीलाइ पुरस्कार दिने काम हुँदैछ। को क्रम कहिले रोकिन्छ ?