-आस्था राउत

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको आदेश  

Hollywood Khabar January 26,2020 Comments

१३ माघ,काठमाडौँ ।आफै प्रहरीसमक्ष उपस्थित भएकी  गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखिने भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले  सोमबार प्रहरीमा आत्मसमर्पण गरेकी राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।मंगलबार आस्था प्रहरी समक्ष उपस्थित भएपछी काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।