Astha Bindu Malla, President Candidate 2018, Nepali Public Relation Committee Korea

आस्था विन्दु मल्ल जनसम्पर्क कोरियाको सभापतिकी उम्मेदवारी

Hollywood Khabar May 01,2018 Comments

म आस्था विन्दु मल्ल केही बर्ष अघिबाट दक्षिण कोरीया प्रवेश गरी विभिन्न शैक्षिक एवम् सामाजिक संघसंस्थामा आवद्ध रहेकी छु। यसका साथै नेपाली कांग्रेस पार्टीको अन्तराष्ट्रिय भातृसंस्था जनसम्पर्क समिति दक्षिण कोरीयाको केन्द्रीय सदस्यहुँदै हाल सल्लाहकारका रुपमा कार्यरत रहेको सहर्ष सबैमा अवगत गराउन चाहन्छु।

नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका साथै विपिको सिद्धान्तलाई विश्वका विभिन्न स्थानमा रहनुभएका नेपाली समक्ष ब्यापक बनाउन र नेपाली समुदायका हक अधिकारका निम्ति सहकार्य गर्नको लागि स्थापना भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको विभिन्न अभियानमा मेरो अनवरत सकृयताप्रति यहाँहरु जानकार नै हुनुहुन्छ।

विभिन्न आरोह अवरोहको विचमा पनि आफुलाई परिष्कृत गदै जनसम्पर्क समितिको हरेक अभियानमा दृढ भएर आफनो जिम्मेवारी पुरा गरिरहेको छु । विगत देखि नै जनसम्पर्क समितिमा जोडिएर सामाजिक कार्यमा प्रतिबद्ध भएर लागेकोले आगामी कार्यकालको लागि यहाँहरुको विश्वास र सहयोगबाट प्रभावित हुँदै आसन्न पाँचौ महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दछु ।

सबल लोकतान्त्रिक संगठनको निर्माण र नेपालको सवांगीण विकाशका लागि लोकतन्त्र नै एकमात्र विकल्प हुनसक्छ। नेपालको लोकतन्त्रमा सबैभन्दा सहि राजनैतिक पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरालाइ सबैलाई थाहा नै छ। यहि कुरालाइ हृदयंगम गर्दै कोरियामा रहनुभएका सम्पूर्ण लोकतन्त्रप्रति आस्थावान नेपालीहरुको साझा संस्था जनसम्पर्क समिति कोरियालाइ बनाउन विभिन्न कार्यक्रमहरु ल्याउने कुरामा आफ्नो प्रतिवद्दता ब्यक्त गर्दछु।

१. समन्वय र सहकार्य: नेपाली कांग्रेसको मुल्य र आदर्शलाई अन्तराष्ट्रिय स्तरमा पार्टीसंग समन्वय गर्दै पार्टीका विभिन्न संघसंस्था र अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्नेछु। साथै, दक्षिण कोरियामा रहनुभएका नेपालीहरुको समस्या सम्बोधनका लागि यहाँ कार्यरत विभिन्न सामाजिक संस्थाहरुसंग सहकार्य गरिनेछ।

२. कोरियाको सिप, अनुभव र ज्ञान, स्वदेशमा योगदान: कोरियामा आउनुहुने नेपालीहरुले यहाँ आर्जन गर्नुभएको ज्ञान, सिप र अनुभवलाई समृद्द राष्ट्र निर्माणका लागि प्रयोग गर्न कतिबद्द रहनेछु। आँफै एक प्राविधिक पिएचडिको विद्यार्थी भएको नाताले पनि यहाँको प्रविधिलाई नेपालसंग जोड्न हाल गरिआएका प्रयासहरुसँगै अन्य विद्वत साथीहरुसंग सहकार्य गर्दै नयाँ प्रविधिहरु नेपाल भित्र्याउन पहलकदमी लिनेछु।

३. बिज्ञहरुको संलग्नता: खासगरी राजनतिक संस्थाहरुमा बिज्ञहरुको प्रवेस र स्थान जहिले पनि पछाडि हुने गर्दछ। राजनैतिक र सामाजिक संस्थाहरुमा धेरै पटक उनीहरु आजित र पराजित भएका इतिहास पनि छन। तेसो हुँदै जाँदा अन्तत संस्थाहरुलाइ सहि दिशा दिने दिल र दिमागको खडेरी नै पर्न सक्छ। यसर्थ मेरो नेतृत्वको समितिमा सम्पूर्ण पक्ष र स्तरका नेपालीहरुलाई समान रुपमा समेट्ने प्रयास हुनेछ।

अन्त्यमा, मलाई उम्मेदवारी दिन उत्प्रेरित गर्नुहुने मेरा अग्रजहरु, सल्लाहकार महानुभावहरु, कार्यसमितिका साथीहरु, महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दुई बर्ष मलाई सेवा गर्ने मौका दिनु हुनेछ भन्ने आशा गर्दछु।

धन्यवाद; जय नेपाल !
आस्था विन्दु मल्ल
सभापति उम्मेदवार
नेपाली जनसम्पर्क समिति कोरिया