गायक साउथ एशिया स्टार आशुशेन लामा र संगीतकार/गायक टंक बुदाथोकी जापानमा

Hollywood Khabar September 18,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाल तामाङ कलकार संघ जापानको आयोजनामा सेप्टेम्बर ३०, २०१८ का दिन दोस्रो नमस्ते साँझ २०१८ टोक्योमा आयोजना गरिएको छ। उक्त कार्यक्रम भब्य मनोरंजनात्मक हुने कुरा आयोजकहरुले बताएका छन्।

मेगुरो कुमिन सेन्टर, टोक्यो लगाएत जापानका विभिन्न शहरहरूमा नेपालका जोशिला र चर्चित गायकहरुले गायनको यात्रा गर्दै छन्। अहिलेको निकै नै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीका अनि साउथ एसियन स्टार, गायक तथा संगीतकार आशुशेन लामा र निकै नै चर्चित गायिका पुर्णिमा लामा लगाएतका कलकारहरू जापान यात्रामा छन्।

जापानको सांस्कृतिक यात्रामा अन्य धेरै मनोरंजनात्मक कोशेली सहित बृहत साँस्कृतिक कार्यक्रम गरिने कुरा साउथ एसियन स्टार, गायक तथा संगीतकार आशुशेन लामाले हलिउड खबरलाइ बताएका छन।