https://www.youtube.com/embed/EqexgfztbGs

आशिष दाहालले शरण मागे

Hollywood Khabar June 02,2017 Comments

आशिष दाहाल शरण शरण मागे
गीत संगीतमा रुचि राख्ने नब प्रतिभा आशिष दाहालको पहिलो प्रस्तुति “पर्छु शरण” को साँगितिक आबाज युट्युब मार्फत सार्बजनिक भएको छ।
गायकको आफ्नै युट्युब च्यानल मार्फत दर्शकको माझ आएको सो गीतका रचनाकार रवि मल्ल हुन् भने संगीत दिएका छन् कल्याण सिंहले र सो गीतको मिक्सिंग र एरेन्जरमा रहेका छन् दिनेश श्रेष्ठ।
प्रसस्त सम्भावना बोकेका नबोदित प्रतिभा आशिष दाहालको यो प्रस्तुतिले पक्कै पनि नेपाली संगीत संसारमा नौलो आयाम थप्ने देखिन्छ। गीतको शब्दको भावानुसार आशिषको स्वर उत्कृष्ट छ भने आशिषको स्वरलाई कल्याण सिंहको संगीतले अझै उत्कृष्ट बनाएको छ।
सानै देखि अतिरिक्त सामाजिक एवम सांगीतिक कार्यकममा रमाउने आशिष दाहाल तरहरा सुनसरीका स्थायी बासिन्दा हुन् र हाल अमेरिकामा रहेका छन्।
Vocal: Ashish D.
Lyrics: Rabi Malla
Music: Kalyan Singh
Mixing & Arrangement: Dinesh Shrestha