तस्बिर साभार वेब

अरुणखोलामा पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

Hollywood Khabar August 12,2019 Comments

२९ साउन नवलपरासी।पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुल भाँचिदा राजमार्ग अवरुद्ध भएको छ।पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेको हो।पुलमा क्षति पुगेपछि बिहानैबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ।साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ ।प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ ।