कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले आर्थिक समृद्धिका लागि युवाहरूलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।
कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फूटबल प्रतियोगिताको आइतबार समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकुद संगसंगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडीी बढाउनु पर्ने बताउनु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नभयो, हामी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अगाडी बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आह्वान गर्छु । मन्त्री बिना मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा संचालन गर्न पहल भैरहेको बताउनु भयो ।
प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरीले कैलाली खेलकुद विकास समितिको टिमलाई ४-१ गोल अन्तरले पराजित गर्यो । बिजेता र उपविजेता टिमका खेलाडीहरुलाई मन्त्री मगरले ट्रफी र नगदसहित पुरस्कृत गर्नु भएको थियो । बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू. १ लाख १५ हजार १ सय १५ र उपविजेता टिमले रू. ६६ हजार ६ सय ६६ नगद हात पारेका छन् ।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु