प्रधानसेनापति थापाबाट अलङ्कार र पदकद्वारा सुशोभन

प्रधानसेनापति थापाबाट ५८ लाई अलङ्कार र पदकद्वारा सुशोभन

Hollywood Khabar November 20,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट गणतन्त्र दिवस २०७४ को अवसरमा विभिन्न अलङ्कार तथा पदकहरुद्वारा विभुषित भएका रथीवृन्द, अधिकृत तथा अन्यदर्जा गरी जम्मा ५८ लाई अलङ्कार र पदकद्वारा सुशोभन गारिएको छ।

२०७५ मंसिर ०५ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट अलङ्कार तथा पदकहरुद्वारा सुशोभन गर्नु भएको छ। उक्त कार्यक्रममा जंगी अड्डा भित्र कार्यरत रथीबृन्द र अधिकृतहरुको समेत उपस्थिति रहेको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।