Nepali Army Official Seal

सैनिक कल्याणकारी कोषद्वारा सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध

Hollywood Khabar February 26,2019 Comments

सैनिक ऐन, २०६३ बमोजिम स्थापना भएको सैनिक कल्याणकारी कोषले महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

सो सहुलियत कर्जा सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वदेश वा विदेशमा चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान संकायमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि वार्षिक ५ प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा अधिकतम पच्चीस लाखसम्मको सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ अनुसार ऋण उपलब्ध गराउन प्रभु बैंक लिमिटेडसँग सहमति भएको छ ।

प्रतिष्पर्धाको आधारमा छनौट गरिएको प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउन लागिएको यस प्रकारको शैक्षिक कर्जामा पाँच लाखसम्म सम्बन्धित अभिभावकको व्यक्तिगत धन जमानी र सो रकम भन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ फाल्गुण २० गतेदेखि कार्यान्वयनमा आउने छ ।