-अप्टिकल फाइबर बिछ्याउने  योजनाको शिलान्यास

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजना शुरु 

Hollywood Khabar May 19,2019 Comments

६ जेठ, काठमाडौं।मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास भएको छ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोड्न प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।

टेलिकमले पाचँथरको चिवा भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको छ । मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर  र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम गर्ने टेलिकमको योजना छ ।टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।