तस्बिर साभार वेब

अप्रिल २ मा नेपाल एयरलाईनसका वाइडबडी अस्ट्रेलिया र चीन जाँदै

Hollywood Khabar March 28,2020 Comments

१७ चैत्र काठमाण्डौ।नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अस्ट्रेलिया र चीन जाने भएका छन्।एउटा जहाज नेपालमा रहेका अस्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्को जहाज चीनमा मेडिकल सामग्री लिन जाने नेपाल वायुसेवा निगमले जनाएको छ।दुई वटै उडान अप्रिल २ तारिखमा हुनेछन्।

यसअघि अप्रिल १ मा अस्ट्रेलियाको सिड्नी जाने तयारी रहे पनि त्यो स्थगित भएकाले ब्रिस्बेन जान लागेको निगमले जनाएको छ।नेपालमा रहेका अस्ट्रेलियाका नागरिकलाई स्वदेश फर्कनको लागि नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले नेपाल एअरलाइन्सको जहाज चार्टड गरेको छ।

‘अहिलेलाई सिड्नी जाने स्थगित भएको छ, हामी २ तारिखमा ब्रिस्बेन जान्छौं, यसको सबै चाँजोपाँचो नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले गरेको छ, ब्रिस्बेनपछि सिड्नीको उडान पनि हुन सक्छ’, नेपाल वायुसेवा निगमको अपरेशन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले उज्यालोसँग भन्नुभयो।

यस्तै २ तारिखकै दिन निगमको अर्को वाइडबडी चीनको ग्वान्झाउ जाने भएको छ।नेपाली व्यवसायीले मेडिकल सामग्री लिन निगमको जहाज लैजान लागेका हुन्।त्यसपछि चीनकै ग्वान्झाउ र छेन्दु जाने तालिका रहेको पनि निगमले जनाएको छ।

तर यसअघिका तालिका भने परिवर्तन भएको जुहार्चनले जानकारी दिनुभयो।यसअघि निगमले गएको शनिबार पनि चीनकै ग्वान्झाउ पुगेर सरकार र निजी क्षेत्रले किनेका औषधि तथा चीनका व्यवसायी र सिचुवान सरकारले दिएको सहयोग सामग्री लिएर आएको थियो।