एप्पलले अमेरिकी अर्थतन्त्रमा योगदान दिन ३५० बिलियन डलर लगानी गर्ने

Hollywood Khabar January 16,2018 Comments

कृष्ण के सी/अमेरिका

विश्वचर्चित एप्पल कम्पनीले अमेरिकी अर्थतन्त्रमा योगदान गर्नको लागि आगामी ५ वर्ष भित्रमा ३५० बिलियन डलर लगानी गर्नेभएको छ। जनवरी १७, २०१८ मा एक प्रेस रिलिज गर्दै कुपर्टिनो,क्यालिफोर्नियामा रहेको एप्पल कम्पनीले जगानीमा नयाँ योजना सार्वजनिक गरेको छ।

जानकारी अनुसार अमेरिकी अर्थतन्त्रमा योगदान दिने आफ्नो प्रतिबद्धता गर्दै रोजगारी, अन्तरिक लगानी र ब्यबसायमा लगानी गर्ने कुरा बताएको छ। हालको अवस्थामा २ मिलियन रोजगारी दिएको यो कम्पनीले अझै थप रोजगारी दिनेछ। उत्पादनतर्फ २०१८ मा मात्रै ५५ बिलियन लगानी गर्नेछ। त्यसैगरी अमेरिकामा मात्रै आगामी पाँच वर्षमा ३५० बिलियन भन्दा धेरै लगानी गर्नेछ।