एप्पल आइफोन ले ९११ कल लोकेशनको समस्या समाधान गर्यो

Hollywood Khabar June 17,2018 Comments

कृष्ण के सी/अमेरिका
एप्पलले आफ्नो आइफोनको नयाँ फिचरसहितको अपरेटिंग अपडेटबाट ९११ इमर्जेन्सी कल गर्दा लोकेशन पत्ता लगाउन हुने कठिनाइलाइ समाधान गरेको छ।

हाल सम्म भएको सिस्टम ५० बर्ष पुरानो छ। सबै ९११ कल होम फोनबाट गर्दा एड्रेस ट्रेस हुने र यो आधारमा इमर्जेन्सी सपोर्ट छिटो पुग्नेमा पछिल्ला दिनहरुमा सेलफोनबाट आउने ८०/९० % कलबाट सहि ठाउँ पत्ता लगाउन हुने केहि कठिनाइ अब समाधान तर्फा पुगेको छ। एप्पलको अब हुने नयाँ अपरेटिंग सिस्टमसंगै सो कुरा समाधान हुने कुरा एप्पल ले जानकारी दिनेको छ।

एप्पलले अमेरिकाको लागि बनाएको antiquated system को सो सुविधाले ठूलो सहयोग हुने विश्वास लिएको छ। जानकारी अनुसार यो सुविधाबाट ६३०० इमर्जेन्सी रेस्पन्स सेन्टरलाइ कल लोकेशन पत्ता लगाउन थप सजिलो हुनेछ। हाल अमेरिकामा लगभग २४० मिलियन इमर्जेन्सी कल प्रतिबर्ष रेकर्ड हुनेगरेका छन्। त्यसको ८०% भने सेलफोनबाट आउने गरेका छन्। यो नयाँ एप्पल फिचरले कलको लोकेशन हेरन कनेक्शन टावर ट्रान्स्मिटिङ्ग क्षेत्र RapidSOS सिस्टमले दिने सुविधा भने आगामी सेप्टेम्बर २०१८ बाट प्राप्त हुनेछ।