एप्पलको पहिलो तीन महिनाको रिभेन्यू ८८.३ बिलियन

Hollywood Khabar February 08,2018 Comments

कृष्ण के सी/अमेरिका
एप्पलले यस बर्षको पहिलो तीन महिनाको रिभेन्यू सार्वजनिक गरेको छ। यो रिपोर्टसँगै अमेरिकी मात्र होइन विश्व अर्थतन्त्रमा नै झट्का दिएको छ। एउटा ब्यबसायिक सँस्थाले आफ्नो हिसाब सार्वजनिक गर्छ अनि नेपालीहरुका सामाजिक सँस्थाहरुलाइ भने हिसाब-किताब माग्दा पनि पाइंदैन। सायद गोपनियतामा नेपाली जति पक्का कोही रहेनछन होला। 
क्यालिफोर्निया राज्यको कुपर्टिनोमा रहेको एप्पलले फेब्रवरी १, २०१८ मा डिसेम्बर ३० सम्मको पहिलो तीन महिनाको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ। यो अवधिमा कम्पनीले $ ८८.३ बिलियनको रिभेन्यू कमाएको कुरा सार्वजनिक गरेको छ। गत बर्ष सोही अवधीको तुलनामा एप्पलले १३% ब्यापार बढाएको छ। यसैगरी अन्तराष्ट्रिय ब्यापारमा यो त्रैमासिकमा ६५% ले बढेको जनाएको छ। यो त्रैमासिक रिभेन्यू एप्पलको इतिहास मै सबैभन्दा बढी भएको जनाएको छ।
आइफोनको दशौँ सृखलाले सोचेको भन्दा बढी ब्यापार गरेको मात्र होइन प्रत्यक हप्ताको बिक्रीमा लगातार रेकर्ड तोडेको छ। डिभाइस इन्स्टलतर्फ मात्र एप्पलले १.३ बिलियन डलर जनवरीमा मात्र ब्यापार गरेको छ। २८.३ बिलियन डलर क्यास फ्लो भएकोमा १४.५ बिलियन डलर लगानीकर्ताहरुको लागि क्यापिटल रिटर्न कार्यक्रम अन्तर्गत फिर्ता गरेको बताएको छ।
एप्पलले अर्को त्रैमासिकका लागि गरेको योजना यस्तो छ:

  • ६० देखी ६२ बिलियन रिभेन्यू जम्मा गर्ने 
  • ३९% देखि ३८.५ % कूल नाफा कमाउने
  • अपरेटिंग कस्ट ७.६ देखि ७.७
  • अन्य खर्च र आम्दानी ३०० मिलियन
  • कर भुक्तानी १५ प्रतिशत