-सशस्त्र प्रहरी

सशस्त्रका  पूर्वप्रहरी कर्मचारीले जीवन निर्वाह भत्ता पाउने 

Hollywood Khabar April 14,2019 Comments

२ वैशाख,काठमाडौं।अवदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीले जीवन निर्वाह भत्ता पाउने भएका छन्।सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गरि सशस्त्र बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था  गरेको बताए ।नेपाल सरकारको जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

तेस्तै  पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिए । यस वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।