-तरुणदल बाँकेका कोषाध्यक्ष केशर खड्का

अपहरणको नाटक गर्ने तरुणदल बाँकेका कोषाध्यक्ष पक्राउ 

Hollywood Khabar November 17,2019 Comments

 ३ मंसिर, काठमाडौं ।आफु  अपहरणको नाटक गर्ने तरुणदल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् ।खड्काले आफु अपहरण परेको भनेर प्रहरीलाई फोनगरेपछि  प्रहरीले खड्काको  मोबाइल ट्र्याकिङ गर्दै प्रहरी गोंगबुको एक होटलमा फेला पारेको थियो ।सोधपुछको क्रममा खड्काले प्रहरीसामु आफूले अपहरणको नाटक गरेको  बताएका छन् ।

२६ असोजमा खुकुरी प्रहार गरिएका लोकेन्द्र शाहीको घटनामा खड्का प्रतिवादी को रुपमा मुद्दा दायर भएपछी खड्का ज्यान मार्ने उद्योगसम्बन्धी कसुरको आरोपमा फरार रहेको  र महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको जनाएको छ ।यसअघि खड्कासँग इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डीएसपी हेमबहादुर शाहीले खसी मागेको अडियो सार्वजनिक भएको थियो ।