साङ्केतिक तस्बिर ;साभार वेब

अपहरण गरि बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

Hollywood Khabar July 11,2019 Comments

२७ असार राजविराज।छिमेकमा विवाहबाट घर फर्किरहेकी १३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार प्रयास गरेको आरोपमा सप्तरीमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।सप्तरी जिल्ला अदालतले बिहीवार राजविराज नगरपालिका–१० बिरौलका १९ वर्षीय पंकजकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले आरोपितलाई ६ वर्ष कैद र २५ हजार जरिवानाको सजाय गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

बर्देवाका अनुसार पीडितलाई आरोपितबाट १५ हजार क्षतिपुर्ति दिलाउनुपर्ने समेत फैसला भएको छ।विवाह समारोहबाट घर फर्कि रहेकी बालिकालाई सोही विवाहमा गएका आरोपितले साथीको सहयोगमा मोटरसाइकलको बीचमा जबरजस्ती राखी २०७५ असार ३१ राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असार ३२गते अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए।

आरोपितका आमा छिमेकको सोही विवाहमा बसेको र सँगै गएकी बालिका एक्लै घर फर्किरहेका बेला घटना भएको पीडितले बताइन्।पीडितका बुवा राजविराजमा रहेकाले घरमा कोही नभएका बेला आरोपितले अपहरण गरी जबरजस्ती घर लगी बलात्कार प्रयास गरेको पीडितका बुवाले बताएका छन्।प्रहरीले साउन १ गते आरोपितलाई पक्राउ गरी अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेको थियो।जिल्ला अदालतको आदेशमा आरोपित ०७५ साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।