-Miss Nepal World 2019 Anuska Shrestha in San Fransisco-picture by Sagar Shrestha

मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सान फ्रान्सिस्को कार्यक्रम सम्पन्न

Hollywood Khabar July 31,2019 Comments

कृष्ण के सी/अमेरिका/७/३१/१९

जुलाई २६ मा सियाटलमा अमेरिकाको पहिलो भ्रमण र कार्यक्रम सुरु गरेकी मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ सान फ्रान्सिस्को पुगेकी छन्।

जुलाई २९ मा लायन्स क्लब अफ सान्ता रोजा काष्ठमण्डपद्धारा आयोजित मिट एण्ड ग्रिट अनुस्का श्रेष्ठ सम्पन्न पछि उनकै लागि सान फ्रान्सिस्कोमा आयोजित अर्को कार्यक्रममा सहभागी भइन।

ब्यबसायी तथा हिमालयन फाउण्डेशन र नेपाली कम्यूनिटी सेन्टर सान फ्रान्सिस्कोका अध्यक्ष यज्ञलाल श्रेष्ठद्वारा आयोजित मिट एण्ड ग्रिट मिस नेपाल अनुस्का श्रेष्ठ कार्यक्रम सम्पन्न भएको छ।

जुलाई ३१, २०१९ बुधबार साँझ मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सिन्धुपाल्चोक प्रोजेक्टको सहयोगार्थ आयोजित फण्ड रेजिङ्ग डिनरबाट उठेको रकम हिमालय फाउण्डेशनले आफ्नो संस्थाको तर्फबाट थप समेत गरेर पठाउने छ। सो कुरा संस्थाका अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिएका हुन्।

कार्यक्रममा अनुस्का श्रेष्ठ, सान फ्रान्सिस्कोबाट मिस नेपालमा प्रतिस्पर्धी अर्की रोज लामा र ओरेगन-पोर्टल्याणमा सम्पन्न भएको तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा नेपालबाट सहभागी हुन आएका विश्व तेक्वान्दो सँघबाट पाँचौ डान व्ल्याकवेल्ट खेलाडी मास्टर लक्ष्मण वहादुर ऐर लाई पनि सम्मान गरियो प्रसंसा/कदर पत्र समेत प्रदान गरियो।

कार्यक्रममा मिस नेपाल वर्ल्ड अनुस्काले आफ्नो प्रोजेक्टबारे बताउँदै सपोर्ट गर्न अनुरोध र सपोर्टको लागि धन्यवाद समेत ज्ञापन गरिन। उपस्थित मध्येबाट उनलाई मिस वर्ल्डको लागि अग्रिम शुभकामना समेत प्रदान गरे। अनुस्का अब डेन्भर-कोलोराडो हुँदै डिसी मेट्रो क्षेत्रमा जानेछिन। उनको कार्यक्रम न्यूयोर्कमा समेत आयोजना गर्ने तयारी भएको छ।