-मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ

सान फ्रान्सिस्कोमा मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको फण्ड रेजिङ्ग कार्यक्रम सम्पन्न

Hollywood Khabar July 29,2019 Comments

कृष्ण के सी/अमेरिका/७/३०/१९

मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको आफ्नो मिस वर्ल्ड यात्राको लागि सामाजिक सेवाको मापदण्ड पुरा गर्न आयोजित फण्ड रेजिङ्ग कार्यक्रम सम्पन्न भएको छ।

सान फ्रान्सिस्कोको नजिक रहेको सान्ता रोजा शहरमा लायन्स क्लब अफ सान्ता रोजा काष्ठमण्डपले सो कार्यक्रम आयोजना गरेको हो। जुलाई २९, २०१९ सांझ आयोजित कार्यक्रममा विभिन्न लायन्स क्लबका लायन्सहरु, स्थानिय र अन्य व्यक्तिहरुको समेत उपस्थिति थियो।

कार्यक्रममा लायन्स क्लब अफ सान्ता रोजा काष्ठमण्डपले मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ र मिस नेपालको लागि अर्की प्रतिस्पर्धी सान फ्रान्सिस्कोकै रोज लामा (अनुपस्थित) दुवैलाइ शुभकामना सहित सम्मान पत्र समेत प्रदान गर्यो।

कार्यक्रममा मिस नेपाल, मिस वर्ल्डकी प्रस्पर्धि श्रेष्ठले आफ्नो सिन्धुपाल्चोकमा आयोजना गरिएको प्रोजेक्टबारे जानकारी गराइन। अन्तमा कार्यक्रमका प्रमुख अतिथि लायन्सका लागि नेपाली मुलका पहिलो तर पुर्व डिष्ट्रिक गभर्नर राजेन थापा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाकी महिला संयोजक संयोजक दीक्षा बस्नेत, ब्यबसायी यज्ञलाल श्रेष्ठ, स्थानिय डिकेन्द्र मास्के, देव किराँत राइ लगायतले श्रेष्ठलाइ शुभकामना प्रदान गरेका थिए।

यसैबीच ब्यबसायी तथा हिमालयन फाउण्डेशन र नेपाली कम्यूनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठले यहि जुलाई ३१, २०१९ बुधबार साँझ मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको प्रोजेक्ट सहयोगार्थ फण्ड रेजिङ्ग डिनरको आयोजना गरेका छन्। टेष्ट अफ हिमालयन फ्लेबर बर्क्लीमा आयोजान गरिएको सो कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।