कार्तिक १, २०७६ दिउसो युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास "अल्टिमेट आकाश" को नेपाल संस्करण लोकार्पण भएको छ | उपन्यास काठमाण्डौको बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो | लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो | नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति द्वय नारायणभक्त श्रेष्ठ (रायन) - संगीत तथा नाट्य प्रतिष्ठान र के के कर्माचार्य - ललितकला प्रज्ञा प्रतिष्ठान ; जीवेन्द्र देव गिरी - बरिष्ठ समालोचक तथा पुर्व सचिव नेपाल प्रज्ञा प्रतिष्ठान; प्रा. डा. उषा ठाकुर - प्राज्ञ र माया ठकुरी - प्राज्ञको बिशेष आतिथ्य रहेको थियो |
जनमत प्रकाशनका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखकका पिता सामाजिक अभियन्ता डा. भरतप्रसाद लामिछानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो | त्यस लगत्तै अतिथीहरूद्वारा उपन्यासको संयुक्त रुपमा लोकार्पण गरिएको थियो | त्यसपछि प्रा. डा. जीवेन्द्रदेव गिरीले पुस्तकको सविस्तार समिक्षा तथा समालोचना गर्नुभएको थियो | अमेरिका जान खोज्ने जो कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकहरूलाइ उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पार्नुभयो।
कार्यक्रममा लेखकलाई के के कर्माचार्य र माया ठकुरीले शुभकामना मन्तब्य राखेपछि कुलपति गङ्गा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरो भएको उल्लेख गर्नुभयो। करिब २००को संख्यामा विशिष्ठ साहित्यकारहरू र साहित्य अनुरागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यकार यादव भट्टराईले संचालन गर्नुभएको थियो | सभाअध्यक्ष दुवालले बिट मारेपछि खाजापान गरेर कार्यक्रम समापन भएको थियो।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता