भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल

अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो

Hollywood Khabar June 17,2019 Comments

४ असार काठमाडौं।सरकारले गुठी विधेयक फिर्ता लिएको छ।गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको ‘गुठी विधेयक, २०७५’ फिर्ता लिइएको भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले जानकारी दिएकी छिन् ।

हिजो विशेष पत्रकार सम्मेलन गर्दै अर्यालले गत वैशाख २७ मा राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको निर्णय सुनाएकी हुन् । उनले सर्वसाधारणको हित र गुठी जग्गाको उत्पादन बढाउने उद्देश्य पेश गरेको विधेयक प्रति भ्रम सिर्जना गर्ने र वातावरणलाई बिथोल्ने प्रयास भएको भन्दै फिर्ताको निर्णय गरिएको बताएकी छिन् ।

मन्त्री अर्यालले भनेकी छिन्, ‘भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु ।’