Buuwan Adhikari

अनशनको रडाको नेपालमा भन्दा अमेरिकामा धेरै, जान या नजान मै हनुमान

Hollywood Khabar January 17,2019 Comments

भुवन अधिकारी

डा गोविन्द के सीको अनशन राष्ट्रका लागि होला, स्वास्थ्य नीतिका लागि होला अथवा त्यो भन्दा पनि धेरै कुराको लागि होला। तर काम कुरा एकातिर अनि बेकारमा दोहोरी परेको छ अमेरिकामा। एकाथरी सपोर्टमा हनुमान अर्काथरी समर्थन नगर्दा अनिबार्य रुपमा गोदेर पनि ओलीका हनुमान हुने रे।

एकजना लेखकले अमेरिकामा डा के सीको अनशनबारे सरर बग्नु भएछ । भावनामा बग्नु राम्रो लग्यो। यस्तो भावनामा बगाई गीत, कविता, गजल लेख्दा झन् राम्रो हुन्थ्यो होला। तर यस्ता ब्यबहारिक नीतिगत बिषयबस्तुमा चाहिँ केहि तथ्यहरुमा रहेर छलफल गरिन्छ।

डा गोविन्द के सीबारे पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गगन कुमार थापाले भर्खरै बक्तब्य नै दिएका छन्। उनले प्रष्ट रुपमा भनेका छन् डा गोविन्द के सी काँग्रेस कम्यूनिष्ट कसैका पनि होइनन। उनी त एउटा निश्वार्थ रुपमा आफ्नो माग उठाइरहेका व्यक्ति हुन् भनेका छन्। यो कुरा धेरै बामधारलाइ मन नपर्ला तर कुरा सहि नै हो। डा गोविन्द के सी कसैका पनि होइनन। तर उनी पटक पटक प्रयोग भने भएका छन्। फेरि कम्यूनिष्ट नेताहरु मध्ये राम्रा मानिएका सबैका आशा लाग्दा भनिएका रविन्द्र अधिकारी पनि पछिल्लो पटक नराम्रोसंग भासिए। बिचमा योगेश भट्टराई आएका छन् । उनको हालत कस्तो हुने हो त्यो थाहा छैन।

डा गोविन्द के सी भगवान हुन् भन्ने र निकम्मा हुन् भन्ने दुवै कुरा खराब हुन् भन्ने मेरो मान्यता हो। उनले उठाएका बिषय राम्रा होलान तर ज्यान नै जोखिम पारेर दर्जनौ पटक अनशन बस्नु भनेको एउटा आदर्श नहुन पनि सक्ला।

डा गोविन्द के सी एउटा सादगी ब्यतित्व हुन्। सामान्य मानिस भन्दा माथि उठेर थुप्रै पारोपकरी काम गरेका छन्। नेपालमा मात्र हैन दक्षिण एशियाका धेरै मुलुकहरु लगायत बिश्वका अन्य मुलुकमा पनि। उनका मागहरु पनि नराम्रा छैनन। तर त्यसो भन्दैमा राज्य, कानुन, प्रजान्त्रिक परिपाटी र कानुन बनाउने पनि प्रणालीबाट हुन्छ।

एउटा व्यक्तिको चाहना छ भन्दैमा हरेक पटक बिधान, कानुन र नीति बनाउने प्रणालीलाई, चुनौती दिन मिल्दैन। अमेरिकामा सरकारलाई आवश्यक परेको खण्डमा सरकारका सम्पूर्ण कर्मचारीहरुलाई government shot down गरेर बिना तलब काममा लगाउछ। तर नेपालमा सरकारी कर्मचारीले सरकारी तलब खाएर आफ्नो कम नगरी नीति बनाउन भन्दै अनशन बस्छ। एउटा शिक्षक, कर्मचारी काम नगरी पार्टीको झण्डा बोकेर हप्तौ राजनीतिमा हुन्छ।

तपाई कल्पना गर्न सक्नु हुन्छ, अमेरिकामा जस्तै राम्रो नीतिको वकालत गरेपनि कुनै पनि सरकारी कर्मचारीले आफ्नो काम छोडेर अनशन बस्न थाल्यो भने यहाँ के हुन्छ भनेर। आखिर नीति नै परिवर्तन गर्ने राम्रोको लागि हो। पहिले सरकारी जागिरको माया गर्नु हुन्न। नीति राम्रो छ, विचार राम्रो छ, माग ठिक छ भन्दैमा हजारौ मान्छे कुनै नया बिषयबस्तु लिएर अनशन बसे र त्यो अनुरुप नीति बनाउनु पर्छ भने किन चाहियो प्रजन्तंत्र ? किन चाहियो चुनाव, कानुनी र संसदीय सर्बोच्चता पनि किन ? मुलुक आर्थिक र अन्य नीतिहरु बनाउनेहरु भनेका प्रतिनिधिहरु हुन्। आफ्नो नीति बनाउन, लागु गर्नको लागि एजेण्डा लिएर जनताकोमा जानुपर्छ। निर्वाचन मार्फत अनुमोदित भएर आउनुपर्छ। त्यसको लागि संयमता हुनुपर्छ।

दोश्रो कुरो नेपालले कस्तो स्वास्थ्य नीति लिएको छ वा समग्र आर्थिक नीति लिएको छ भन्ने सवाल मुख्य हुन्छ। १९९१ मा स्वस्थ नीति बनेसंगै स्वास्थ्य सेवामा उदारीकरण शुरु भएको हो। त्यो बेला डा के सीलाइ राम्रोसंग थाहा थियो। निजि क्षेत्र स्वास्थ्य शिक्षामा आउने बित्तिकै यो सर्वसाधारणको पहुच भन्दा बाहिर जान्छ भन्ने। किनभने निजि लगानी सामाजिक कल्याण वा स्वास्थ्यको जिम्मेवारी लिन हैन नाफा कमाउन आउछ भनेर। त्यो समय के सी ले यो सवाल उठाउन सक्थे तर किन उठाएनन् उनि त थिए।

त्यसैले डा के सीकै एजेण्डामा सहमत सबैले हुनैपर्छ भन्ने छैन। सबैले जता हावा चल्छ त्यतै बग्नु पर्छ भन्ने पनि छैन। हरेकको आफ्नो आफ्नो दृस्टीकोण हुन्छ, सहमत नहुनेहरुलाइ आए आप गए झटारो भन्न सुहाउन्न। कसैलाई कुनै बिषय सुन्दर लाग्नु र कसैलाई नलाग्नु पनि धेरै कारण हुन्छन। अनि त्यो बिगतका कुराप्रति हामी ब्यबहारिक कहिले भएनौ अब चाहिँ ब्यबहारिकता र तथ्यको आधारमा हेर्ने बानि बसाल्ने कि ?