आँखामा चन्द्र-सूर्य, मुटुमा मेची-काली तर पनि म गैरनेपाली

Hollywood Khabar August 23,2018 Comments

सौरभ बानियाँ
मन चस्स हुन्छ परदेशी भन्दिदा
एउटै राष्ट्रको नागरिक हामी
कोहि नेपाली कोहि गैरनेपाली
बिदेशिनु रहर वा बाध्यता
या दुवै हुन सक्छ
जे भने नि के गर्नु
नशामा त नेपाली नै बग्दछ

किताब र कथामा
मेरो नेपाल
म नेपाली
हाम्रो नेपाल
हामी नेपाली
तर पनि किन होला
एउटा नेपाली अर्को गैरनेपली

रहर उही हिमाल हेर्दै हाँस्ने
कोइलीसंग गाउने
प्रकृतिलाई जिस्काउने
अनि जाँगर र फुर्ती पनि उही
तर पनि सात समुन्द्र पारी
गैर भएपनि के गर्नु
आँखामा चन्द्र-सूर्य छ
मुटुमा मेची-काली
तर पनि म गैरनेपाली

तराइका फाँटमा दौडिने मन
सगरमाथा चुचुरोमा चिच्याउने मन
चुलबुले इच्छाले या बाध्यताले
तन र मन हुँदै पनि
खै किन हो किन म गैरनेपाली
तेतीले नपुगेर कैले काही
म भूपू नेपाली !