-NRNA NCC USA:अनिल राज पाण्डे बोर्ड सदस्य उम्मेद्धार

NRNA NCC USA:पाल्पामा जन्मेर बाँकेमा हुर्केका अनिल राज पाण्डे बोर्ड सदस्यका उम्मेद्धार

Hollywood Khabar April 23,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा अनिल राज पाण्डे बोर्ड सदस्यका उम्मेद्धार भएका छन्।

नेपालको पाल्पा जिल्लामा जन्मेका पाण्डे बसाइसराइ पछि बाँकेमा हुर्नेका हुन्। नेपाल बिधार्थी संघको राजनीतिबाट आएका पाण्डे नेपालगंज क्याम्पसको एकाइ सभापति र पछि स्वतन्त्र बिधार्थी यूनियनको सभापति पनि जितेका थिए। पछि पाटक क्याम्पसबाट अनाकोत्तर गरेका पाण्डे यूएइमा बस्दा जनसम्पर्क समितिको केन्द्रिय सदस्य समेत थिए।

२०१० मा अमेरिका आएपछि भने न्यूयोर्क बस्दै आएका छन्। यहाँ पनि उनलाई राजनीतिले छोडेन। उनि जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरका सचिव थिए। त्यसलाई छोडेर अब भने गैरआवासीय नेपाली संघ तर्फ उम्मेद्वार भएका छन्।

२०१२ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्य भएका पाण्डे यो पटक एनसीसी बोर्ड सदस्यमा उम्मेद्वार भएका छन्। संघको एनसीसी अमेरिकामा धेरै राजनीति र गुट सुरु हुन थाल्यो। त्यसैले अब संघमा राजनीति गर्न हुँदैन भनेर आफू जनसम्पर्कको राजनीति छोडेर गैरआवासीय नेपाली संघ तर्फ आएको कुरा हलिउडखबरसंग पाण्डेले बताए। पाण्डेले आफू सुर्य लम्साललाइ समर्थन गर्दै बोर्ड सदस्यमा उम्मेद्वार भएको कुरा बताए।