पश्चिमाञ्चलमा क्षेत्रिय फुटवल संघ गठन

Hollywood Khabar January 28,2017 Comments

अखिल नेपाल फुटवल संघ एन्फाले पश्चिमाञ्चल क्षेत्रिय फुटवल संघ गठन गरेको छ।एन्फा केन्द्रका बरिष्ठ उपाध्यक्ष मणि कुवंर, उपमहासचिव गणेश बहादुर भट्टराई तथा अन्य सदस्य सहितको बिशेष उपस्थितिमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।
क्षेत्रिय अध्यक्ष खेमबहादुर गुरुङ, उपाध्यक्षमा द्धय मदन शेरचन (रुपन्देही) र हरिहर श्रेष्ठ (गोर्खा), सचिवमा विक्रम थकाली (कास्की), कोषाध्यक्षमा मदन केसी (कास्की) रहेका छन । त्यसै गरी सदस्यहरुमा टिका कार्की (कास्की), एल बी ज्वार्चन (स्याङजा), ज्योजि श्रेष्ठ (तनहुँ), रामराज गुरुङ (बागलुङ), सेन बहादुर पुन (नवलपरासि), शिव गुरुङ माया (कास्की), भरत शर्मा (पाल्पा), ओम गुरुङ (लमजुङ) रहेका छन । गत पुष २६ गते खेमबहादुर गुरुङलाई एन्फा केन्द्रले क्षेत्रिय अध्यक्षमा चयन गरेको थियो ।