आन्दोलनरतको मागप्रति स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ती

Hollywood Khabar March 02,2017 Comments

प्रेस विज्ञप्ती

विगत केही समयदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ख को विशेष पदस्थापनको विषयमा असमझदारी व्यक्त गरी आन्दोलनरत रहेको सन्दर्भमा मन्त्रालयबाट दुईपटक विज्ञप्ति जारी भईसकेको छ। उक्त विज्ञप्तिहरुमा उल्लेखित विषयहरुलाई थप स्पष्ट गर्दै मन्त्रालय निम्नानुसारको मार्गचित्रबाट समस्या समाधानको लागि प्रतिवद्धता व्यक्त गर्दछ ।

ज्ञ। नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७३/११/०३ को निर्णय बमोजिम छैठौा तहका पुल दरवन्दीहरु यथाशीघ्र सिर्जना गर्ने कार्य सम्पन्न गरी निजामती कितावखानमा पद दर्ता गराउने ।

१. सो प्रयोजनको लागि दरवन्दी बााडफााड र जिम्मेवारी किटानी सम्वन्धमा कार्यविधि तयार गरिने । कार्यविधिमा सकेसम्म यस्ता कर्मचारीहरुलाई जिल्लाभित्रै व्यवस्थापन गरिने । कुनै कुनै जिल्लामा सबै कर्मचारी व्यवस्थापन हुन नसक्ने अवस्था रहेकोले कर्मचारीको ईच्छा अनुसार जेष्ठताका आधारमा अन्यत्र जिल्लामा व्यवस्थापन गरिने।

२. मन्त्रिपरिषदको उक्त निर्णयबाट समेटिन नसकेका २०७०/१२/१२ अघि सातौा र पााचौ तहमा तहमिलान वा स्तरबृद्धि भएका कर्मचारीहरुको लागि पनि ऐनको दफा ९ख ्को परिधिभित्र रही पुल दरवन्दीहरु सिर्जना गर्न सकिने भएकोले उक्त तहका पुल दरवन्दीहरु समेत सिर्जना गर्ने ।

३. सिर्जना गरिएका पदहरुको लागि रोग नियन्त्रण, परिवार स्वास्थ्य, वाल स्वास्थ्य, तालिम, भण्डार व्यवस्थापन, भौतिक सम्पत्ति व्यवस्थापन, अनुगमन प्रतिवेदन लगायत जनस्वास्थ्य सम्वन्धी  कार्यहरुमा र क्लिनिकल सेवामा स्पष्ट कार्यजिम्मेवारी दिई स्वास्थ्य संस्थाको आवश्यकता र कर्मचारीको ईच्छा अनुसार खटाउने । दरवन्दी सिर्जना हुादाका बखत कार्यविवरण तयारी गरिसक्ने ।

४. शैक्षिक योग्यता वा तालिम नभएका कर्मचारीहरुलाई आगामी आर्थिक वर्ष २०७४/७५ भित्र तालिम उपलव्ध गराई सक्न मन्त्रालयले वजेट व्यवस्थापन गर्ने । तालिम कार्यक्रमलाई समयानुकूल परिमार्जन गरी वृत्तिविकाससाग आवद्ध गराउने ।

५. स्वास्थ्य सेवा ऐन संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक निर्णय भईसकेको र सो को लागि समिति समेत गठन भईसकेको अवस्थामा तत्काल छोटो बाटोबाट २०७०/१२/१२ पूर्व पुल दरवन्दीमा पदस्थापन योग्य सबै कर्मचारीहरुको लागि सबै तह (पााचौा, छैठौा, सातौा) का स्थायी पदहरु सिर्जना गर्ने ।

६. मूल दरवन्दी सिर्जना गर्न सबै तहका स्वास्थ्य संस्थाहरु खुला गर्ने ।

७. सातौा तहका दरवन्दीहरु जिल्ला जन/स्वास्थ्य कार्यालय वा सो भन्दा माथि सिर्जना गर्ने। यसको लागि २०७०/१२/१२ भन्दा पहिले नै सातौा तहको पुल दरवन्दीमा कार्यरतहरुलाई समेत सम्वोधन गर्ने।

८. पााचौ र छैठौा तहका दरवन्दीहरु सबै तहका स्वास्थ्य संस्थाहरुमा सिर्जना गर्ने गरी खुला गर्ने ।

९. ऐन संशोधनमा देहायका विषयहरुमा केन्द्रित हुने ।

१०. पुल दरवन्दीहरुलाई स्थायी दरवन्दीमा रुपान्तरण गर्न दफा ९ख खारेज गरी नयाा व्यवस्था गर्ने ।

११. २०७०/१२/१२ पछि स्तरबृद्धि भएकाहरुलाई समेत मूल दरवन्दीमा प्रवेश गर्ने गरी बाटो खुला गर्ने ।

१२. शैक्षिक योग्यता वा तालिम प्राप्त गर्न असमर्थ/अनिच्छुकहरुलाई विशेष अवकाश योजना ल्याउने ।

१३. छैठौा तहका पदहरु नयाा सिर्जना हुने भएकोले उक्त पदहरु पूर्ति गर्ने व्यवस्थाका लागि दफा ८ संशोधन गर्ने ।

१४. न्र्सिङ्ग समूहका कर्मचारीहरुको वृत्तिविकासको अवरुद्धतालाई पुनरावलोकन गरी वृत्ति विकास सुनिश्चित गर्ने गरी सुधार गर्ने ।

१५. ऐन संशोधनको सम्पूर्ण कार्य तीन महिनाभित्र सम्पन्न गर्ने ।

१६. पुल दरवन्दी सिर्जना गरी स्पष्ट कार्यजिम्मेवारी सहित खटाउने कार्य नभए सम्म साविकको अवस्थामा  नै कामकाजको ब्यबस्था गर्न गराउने ब्यबस्था मिलाउने ।

उपरोक्त प्रतिवद्धताहरुले स्वास्थ्यकर्मीहरुको तत्कालिन समस्याहरुलाई मात्र सम्वोधन गर्ने नभई दीर्घकालसम्म स्वास्थ्य सेवाका समस्याहरु समाधान हुने हुादा यी विषयहरुको कार्यान्वयनको सुनिश्चिततामा शंका नगर्न हाल भईरहेको आन्दोलन तत्काल फिर्ता लिई आम जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक हकको सम्मान गर्दै कार्यक्षेत्रमा फर्कन सम्पूर्ण आन्दोलनरत ट्रेड यूनियन तथा स्वास्थ्यकर्मीहरुसाग स्वास्थ्य मन्त्रालय हार्दिक अपिल गर्दछ ।

भोगेन्द्रराज डोटेल

प्रवक्ता

स्वास्थ्य मन्त्रालय