अमृतसर शहरको भिडमा रेल जोतिएर थुप्रैको मृत्यु

भारतको अमृतसर शहरको भिडमा रेल जोतिएर थुप्रैको मृत्यु

Hollywood Khabar October 18,2018 Comments

भारतको पञ्जाबस्थित अमृतसरम एउटा रेल दशैँ मनाउनेको भिडमा जोतिन पुगेपछि ५० जनाभन्दा धेरैको ज्यान गएको छ।

द टाइम्स अफ इण्डियाका अनुसार दशैँको धार्मिक परंपरा अनुसार रावणको पुत्ला जलाउने उत्सव हेर्न मानिसहरु रेलको लिग नजिकै भेला भएका थिए। पुत्ला दहन गर्दा मानिसहरु बेसरी कराउँछन्। अनि त्यो आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको नसुनेको अनुमान गरिएको छ।

सांझको करिव ६ बजे भएको भनिएको सो घटना पछि पन्जाबमा एक दिनको लागि शैक्षिक र अन्य कार्यालय बन्द गर्ने घोषणा गरिएको छ। भरतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा मृत्यू हुनेहरुको लाति तत्काल २/२ लाख रुपैया दिने बताएका छन्।