-NRNA NCC USA:अमृत सापकोटा बरिष्ठ उपाध्यक्षका उम्मेदवार

NRNA NCC USA:अमृत सापकोटा सुर्य लम्सालको टिममा बरिष्ठ उपाध्यक्षका उम्मेदवार हुँदै

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१८/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा अमृत सापकोटा सुर्य लम्सालको टिममा बरिष्ठ उपाध्यक्षका उम्मेदवार हुने भएको खबर छ।

अध्यक्षका उम्मेद्धार तथा बरिष्ठ उपाध्यक्ष सुनिल साहको टिममा रहेका अमृत सापकोटालाइ मिलाउने नाममा एक्कासी गलहत्याएपछि उनले विकल्प खोजेका हुन्। सापकोटा र बरिष्ठ उपाध्यक्षकै अर्का दावेदार भरत अर्यालबीच पासाङ लामाको उपस्थितिमा बैठक भएको पनि खबर छ। पासाङ लामा, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङ्ग, ज्ञानेन्द्र कार्की, महेश मल्ल, रोशन ढुंगाना, पूर्व आरसी सोनाम लामा लगायत जनजातिहरुको एकत्रित ठूलो समूह नै सुर्य लम्सालका टिम मेकर हुन्।

यस्तो समीकरण हुने कुराको समाचार हलिउडखबरले १७ अप्रिल २०१८ मा नै लेखेको थियो। यो पछिल्लो समिकरणले जनसम्पर्कका आनन्द बिष्ट र डा यादब पण्डितकाका टिमको सामिप्यता बढेको छ भने पूर्व संयोजक बिष्णु सुवेदी र महासचिव मुनिन्द्र नेम्बाङ्गको दुरी पनि नजिकिने देखिएको छ।

यो नयाँ समिकरणले सुर्य लाम्सालको बाटो दरिलो हुने र सुनल साहलाइ ठूलो घाटा हुने कुरा सापकोटाका निकटमले बताए। पछिल्लो पटक डा बन्जाडे र सुनिल साहको समिकरण बनाउन जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, डा यादब पण्डित, महेश्वर पन्त, तरुण पौडेल, खगेन्द्र जिसी, एनसीसी अध्यक्ष डा केशब पौडेल लगायतका व्यक्तिहरु सकृय थिए।

सुनिल साह र अमृत सापकोटाको टिम बनाउन सुरुका दिन देखि सकृय रहँदै आएका बिष्णु सुवेदी, हरिबोल भण्डारी, राजन त्रिपाठी, कृष्ण जिबी पन्थ सबैलाई धकेलियो। यसको परिणाम स्वरुप अब अर्को समिकरण अप्रिल १९, २०१९ को नोमिनेशनले देखाउने भएको छ।

यसै बिषयमा नोमिनेशनबारे अपडेट लेख्न डा अर्जुन बन्जाडेलाई सम्पर्क गर्दा उनले आफू पछिल्लो सहमति अनुसार अध्यक्ष होइन सुनिल साहको बरिष्ठ उपाध्यक्षमा अप्रिल १९, २९०१९ मा नोमिनेशन गर्ने बताएका छन।

उता संजय थापाको टिमका भुवनेश्वर अधिकारी, महेश रेग्मी,नारायण कंडेल, सुनिता खत्री, चुंडा खनाल लगायातले उम्मेद्धारी दर्ता गरिसकेका छन्। थापालसँग सम्पर्क हुन सकेन तर उनका निकटमहरुका अनुसार थापाले नोमिनेशन गरेका छैनन्। टिम सेटिङमा ब्यस्त छन भनिन्छ।