-NRNA NCC USA: बोर्ड सदस्य अमृत कट्टेल सचिव पदका लागि उम्मेदवार

NRNA NCC USA: बोर्ड सदस्य अमृत कट्टेल सचिव पदका लागि उम्मेदवार

Hollywood Khabar April 15,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा बोर्ड सदस्य अमृत कट्टेल सचिव पदका उम्मेदवार भएका छन्।

पुर्ख्यौली घर गोरखा भएता पनि अमृत कट्टेल चितवनका बासीन्दा हुन्। नेपाल बिधार्थी संघको कजेल राजनीतिमा स्वाद चाखेका कट्टेलले अमेरिका आएपछि पनि नेपाली जनसम्पर्क समितिसंग नजिक रहेका थिए।

२०१० मा अमेरिका पुगेका कट्टेल पहिलो पटक २०१४ मा एनसीसी अमेरिकाको सदस्य बनेका बनेका हुन्। २०१७-२०१९ मा भने उनि निर्वाचित बोर्ड सदस्य रहेका छन्। उसो त ओक्लेहमा राज्यमा आफूलाई सफल ब्यबसायी पनि बताउँछन् कट्टेल। उनले अब भने सचिव पदका लागि आकांक्षी भएको कुरा हलिउडखबरलाइ बताए।

आफूले एक कार्यकाल सम्म गरेको अनुभव र संघमा केहि युवा र ब्यबसायिक व्यक्तिहरुको योगदान रहोस भन्दै केहि योगदान दिनको लागि आफू इच्छित रहेकोल उनले बताए। यो दोहोरो कर प्रणालीबारे धेरैमा भ्रम र ज्ञानको कमि छ। आफूले यो पटक सो बिषयमा निरन्तर प्रयास गर्ने कुरा पनि उनले बताए। यसबाहेक गर्नुपर्ने थुप्रै कुराहरु छन्। एक कार्यकालमा असिकियो त्यसैले यो पकट काम गर्न सचिव पदका लागि आकांक्षी भएको कुरा उनले बताए।