तस्बिर साभार वेब

अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा

Hollywood Khabar August 12,2019 Comments

२८ साउन काठमाण्डौ।प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको छ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो।

यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले नेपालमा फौजी किरा प्रवेश गरेकोबारे थप अनुसन्धान गरेर केन्द्रलाई जानकारी गराउनु भएको थियो।वैज्ञानिकले अनुसन्धान गरेर नेपालमा फौजी किराको प्रवेश गरेको पुष्टि नै भए पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको थप परीक्षण सुरु गरेको थियो ।

‘वैज्ञानिकले फौजी किराको अनुसन्धानपछि नेपाल प्रवेश गरेको जानकारी गराउनु भएको थियो।हामीले थप अनुसन्धान र परीक्षणका लागि नमुना भारतको बेंग्लोर पठाइएका थियौँ’, केन्द्रका बाली संरक्षण अधिकृत सुवेदीले भन्नुभयो, ‘भारतबाट पनि परीक्षण पुष्टि भएपछि नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेका हौँ ।’

यो किराले मकैको पात, डाँठ, घोगा र बोट नै सखाप पार्ने गरेको छ।मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्ने गरेको छ ।