Amazon Prime Day 2018

२०१८ को Amazon Prime Day मा विश्वभरिमा मिलियन भन्दा धेरै डिल

Hollywood Khabar July 02,2018 Comments

कृष्ण के सी/अमेरिका
अनलाइन मार्केट मात्र होइन डेलिभरी समेत आफैं गरेर तहल्का पिटेको Amazon ले केहि अरु ब्यबसाय नै बन्द गरायो।

बार्षिक रुपमा जुलाई को दोश्रो मंगलबार मानिने Amazon Prime Day यो बर्ष जुलाई १६ मा परेको छ। Amazon ले यो बर्षको Amazon Prime Day डेलिभरी गत वर्ष भन्दा ६ घण्टा ढिलो अर्थात ३६ घण्टामा डेलिभरी हुने कुरा बताएको छ।

अर्को हप्ता Amazon सुरु भएको २० वर्ष पुरा हुने छ। आफ्नो स्थापनालाइ Amazon Prime Day को रुपमा ठूलो ब्यापार गर्दै आएको Amazon ले यो वर्षको Amazon Prime Day को लागि विश्वका मिलियन भन्दा धेरै डिल दिने भएको छ। यो वर्षको जुलाई १५ को सेल्स इभेन्टले बर्षौ देखि स्थापित ब्लाक फ्राइडेलाइ सुकाइदिने अवस्था आएको छ। Amazon Prime Day मा हरेक अनलाइन खरिदका लागि आकर्षक छुट समेत दिइएको छ।