अमर नेम्बाड०काे स्मृतिमा एकलाख राशिकाे साहित्य पुरस्कार प्रदान गरिने

0
shares

by Krishna KC | Updated: 13 Jan 2020

809 views
-अमर नेम्बाड०

अमर नेम्बाड० लिम्बू स्मृति ट्रष्टले यस बर्ष देखि अमर नेम्बाड० लिम्बूकाे स्मृतिमा साहित्य पुरस्कार प्रदान गर्ने भएकाे छ।

एकलाख राशिकाे उक्त पुरस्कार यसबर्ष साहित्य क्षेत्रका दुई श्रष्टाहरु उपन्यासकार, अनुसन्धानकर्ता, नाटककार डा देवि क्षेत्रि दुलाल र कवि, समालाेचक मुनाराज शेर्मालाई प्रदान गरिने भएकाे जानकारि ट्रष्टका अध्यक्ष एवं नेम्बाड०का जेठा छाेरा मुनिन्द्र नेम्बाड०ले जानकारि गराए । माघ २६ गते स्वर्गीय नेम्बाड०काे स्मृति दिवसकाे दिन पारेर साे पुरस्कार पाैवासार्ताप गाउँ स्थित उहाँकाे जन्म घरमा अाैपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ । साेहि कार्यक्रममा ट्रष्टले पाैवासार्ताप स्थित श्री फक्ताड०लुड० अाधारभुत बिध्यालय मालिड०गेलाई बिध्यालय सन्चालनकाे लागि रु पचासहजार प्रदान गर्ने र अर्काे बर्ष देखि याे क्षेत्रलाई पनि निरन्तरता दिने बताए ।

काे हुन पुरस्कृत डा दुलाल

पाँचथर लुड०रुपामा बाबू सनमान दुलाल र अामा लीलादेबीकाे काेखबाट २०२८ सालमा जन्मिएर राजनीतिशास्त्रमा पिएचडी गरेका डा. देबि क्षेत्रि दुलाल हाल इलाममा बसेर साहित्य सिर्जनामा कृयाशिल छन उनकाे साहस- नाटक २०५१ । २. रङ्गधाेजी-उपन्यास २०६०। ३. सेताे परेवा- एकाङ्की-२०५५। ४. विकासकाे जरा ईलाम-२०६६। ५. नाटक अनाटक- नाटक २०६६। ६. नेपाली छापामा राजनीतिक परभाब -२०६७। ७. म मरेकाे रात र बाचेका दिनहरु- कविता २०६८। ८. डा, बाबुराम भट्टराई - जिवनी/ कृतित्व २०६८ । ९. पाँचथर काे इतिहास -२०६७ । १०. इलामकाे चिया पर्यटन-२०७१ । ११. पाथीभरा - कथाेपन्यास-२०७२। १२. कथाकार काजीमान कन्दङ्वा र विष्णु नबीनकाे कथाकारिता- समालाेचना २०७४ । १३. घरफर्क - उपन्यास २०७३ । १४. सुदुर पुर्वका नाटककार र नाटक- समालोचना २०७४ । १५. काले दमाई - नाटक २०७६ । १६. रत्न बान्तवाका दुर्लभ सिर्जना र समालेचना २०७६ । १७. द्रष्टाकाे दृष्टिमा अमर नेम्बाड० लिम्बुका सम्झनाका तरेलिहरु सम्पादन/समालाेचना २०६६ । १८. अाफ्नै अाँखामा मेराे बाल्यकाल २०७० लगायतका थुप्रै पुस्तकहरु प्रकाशित छन । डा. दुलाल तिब्र गतिमा शशक्त रचना गर्ने साहित्यकारमा दरिन्छन ।

काे हुन पुरस्कृत कवि शेर्मा

लामाे समयदेखि साहित्य कर्ममा क्रियाशिल मुनाराज शेर्मा मुलत कवि हुन । बाबू नारायणप्रसाद शेर्मा र अामा धनमाया राइकाे काेखबाट २०२४ साल जेठ ३ गते हालकाे बुद्धशान्ति ३ बर्ने झापामा जन्मेका हुन । कविता क्षेत्रमा छुट्टै उचाई निर्माण गर्न सफल उनकाे शब्दहरुकाे याक्शा नामक कविता संग्रह प्रकाशित छ । कविता लगायत समालाेचना क्षेत्रमा पनि अब्बल मानिने शेर्मा झापा बुधबारेमा शिक्षण पेशामा संलग्न छन ।

काे थिए स्व. नेम्बाड०

अमर नेम्बाड० लिम्बू साबिक पाैवासार्ताप हालकाे फाल्गुन्नद गापा ३ मा बाजे मनप्रसाद(हर्कबाेलि) नेम्बाड०का कान्छा छाेरा पिता प्रतापि सुब्बा नयेन्द्रराज(नरबीर) नेम्बाड० र माता श्रीहाड०मा थाम्सुहाड०काे माहिला छाेराका रुपमा बि. सं. १९९८ सालमा जन्म लिएका हुन । उहाँले गाउँघरकै स्कुल मनरत्न मिडिल स्कुलबाट शिक्षा प्रारम्भगरि दार्जिलिड०हुँदै त्रिभुवन युनिभर्सिटीबाट अध्ययन पूरा गरे । अध्ययन पूरा गरेपछि सुखसुविधा, जागिर, शहरकाे जीवन त्यागी गाउँघरकाे सेवामा समर्पित रहे । याे क्रम जिवनकाे अन्त सम्म कायम रह्याे । बीस. २०३३ सालमा छिमेकि गाउँ पन्चायत चिलिड०दिनकाे जनपक्षिय नेपाली कांग्रेसकाे तर्फबाट निर्बिराेध प्रधानपन्चमा भएपछि पाैवासार्तापकाे ०३९, ०४४, बहुदलकालमा ०४९, ०५४ र गणतन्त्र कालमा फाल्गुनन्द गापाकाे प्रथम अध्यक्ष ०७४ मा निर्बाचित भएर काम गरे । उहाँ अाफ्नाे जिवनभरि अविजित रहे । तीनवटै ब्यवस्थामा गाउँपन्चायत, गाबिस, गापा चलाउने एकमात्र ब्यक्ति पनि कहलिए । अन्तमा गापा अध्यक्ष कार्यरत रहेकै बेलामा साेहि गापाकाे एक कार्यक्रममा सम्बाेधन गर्दै गर्दा हर्ट फेल भइ उपचारार्थ लाँदै गर्दा बाटैमा उहाँकाे निधन भयाे । उहाँका श्रिमति चन्द्रकला थाड०देन, तीन छाेरा मुनिन्द्र, सुनिन्द्र, गुनिन्द्र, एक छाेरि इन्दिरा लगायत नातानातीनाहरु छन ।

पाँचथर जिल्लामा बिद्वान मानिने उहाँ नेपालभित्रका लिम्बुहरु मध्ये पहिलाे स्नातकाेत्तर अध्ययन पूरा गर्ने तथा समग्रमा पाँचथर जिल्लाकै पहिलाे मानिन्छन । साहित्यमा छुट्टै स्थान बनाएका नेम्बाड०काे अमेरिका भ्रमणका सम्झना नियात्रा पुस्तक, संझनाका तरेलिहरु निबन्ध पुस्तक र एकसाँझकाे अवसान नामक कविता संग्रह प्रकाशित छन । यसबाहेक उहाँकाे थुप्रै लेख रचनाहरु प्रकाशित छन ।

कविता, निबन्धमा गाउँघरलाई केन्द्रमा राखेर लेख्नुहुने उहाँकाे कृतिमा गाउँघरकाे अत्यन्त सजिव चित्रण पाइन्छ। सम्झनाका तरेलिहरु नामक निबन्ध पुस्तकलाई समालाेचकहरुले गाउँघरकाे माैलिक साैन्दर्य, प्रकृति पर्यावरणीय लेखन, किनारिकृतहरुकाे कथाव्यथा गाथाकाे एक उत्कृष्ट दस्तावेज मानेका छन । सरल सरस पारामा लेख्ने नेम्बाड०काे शैली पाठकहरुमाझ निकै लाेकप्रिय छ । राजनीतिमा हाेस या साहित्यमा उहाँकाे केन्द्र गाउँघर थियाे भन्ने देखिन्छ । गाउँघरकाे जनता थियाे । तेसैले सम्पुर्ण जीवन गाउँघरमै बिताएकाे पाइन्छ ।