-क्यालिफोर्नियाका धेरै काउन्टी अरेन्ज टियरमा, के के फेसिलिटी खुल्दै ?

क्यालिफोर्नियाका धेरै काउन्टी अरेन्ज टियरमा, के के फेसिलिटी खुल्दै ?

Hollywood Khabar April 02,2021 Comments

क्यालिफोर्निया राज्यले मार्च २८, २०२१ मा गरेको कोभिड १९ र्याटिङ्ग ब्यबस्थापन रिपोर्ट अनुसार आलामेडा सहित थुप्रै काउण्टी अरेन्ज टियरमा झरेका छन्। यससंगै अब थुप्रै फेसिलिटीहरु खुल्ने छन र जनजीवन सहज बन्दै जानेछ।

सो दिन सम्म आलमेडा काउण्टीमा ३ लाख ९ हजार जनाले कोभिड १९ को फुल जोड भ्याक्शिन लगाएका छन्। यो संख्या भनेको काउण्टीको १६ बर्ष उमेर माथिका २४% जनसंख्या भनिएको छ।

अब आलामेडा काउण्टीमा निम्न फेसिलिटी देहाय अनुरुप खुल्ने छन्:

  • अप्रिल १ देखि ५० बर्ष उमेर भन्दा माथिका सबैलाई भ्याक्सिन खोलिने
  • अप्रिल १५ बाट १६ बर्ष उमेर भन्दाअमाथिका सबैलाइ भ्याक्सिन खोलिने
  • धार्मिक गतिबिधि हलको क्षमताको ५०%
  • रेस्टुरेन्ट इण्डोर क्षमताको ५० %
  • वाइनरी, ब्रुवारी क्षमताको २५%
  • पारिवारिक मनोरंजन ( बाउलिङ्ग, मिनी गल्फ) इत्यादि क्षमताको २५%
  • आउट्डोर स्पोर्ट्स क्षमताको २५%
  • जिम, फिटनेस, इन्डोर पुल क्षमताको २५%
  • मुभी, थियटर क्षमताको ५०%
  • बार क्षमताको २५%
  • मनोरंजन पार्क क्षमताको २५%