-सांसद सरिता गिरी

अख्तियारको प्रमुख आयुक्तलाई महाअभियोग लगाउन सांसद सरिता गिरीको माग

Hollywood Khabar February 10,2020 Comments

२८ माघ काठमाडौं।समाजवादी पार्टीकी सांसद सरिता गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरू विरुद्ध महाअभियोग लगाउन माग गरेकी छिन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले संवैधानिक भूमिका प्रति नै शंका उब्जिएको भन्दै महाभियोग लगाउनुपर्ने माग गरेकी हुन्।अख्तियार आफ्नो कर्तव्यबाट च्युत भएको भन्दै महाअभियोगको लागि संसदमा प्रतिपक्ष दल नेपाली काँग्रेसलाई प्रस्ताव दर्ता गर्नसमेत आग्रह गरेकी छिन्।

संविधानको धारा १०१ को उपधारा २ ले एक चौथाइ सांसदले अख्तियार प्रमुख र सदस्यहरूले ठीकसँग काम नगरेको खण्डमा महाभियोग प्रस्ताव दर्ता गराउन सकिने व्यवस्था रहेपनि प्रतिपक्षीले महाभियोग प्रस्ताव दर्ता नगरेको प्रति उनले अशंका व्यक्त गरिन्।उनने कांग्रेसका नेताहरूले सरकारसँग साँठगाँठ गरेको आशंका गर्दै उनले भनिन,‘प्रमुख प्रतिपक्षले लेनदेन गरेर महाभियोग नलगाइ रहेको हो।’

सर्वोच्च अदालतका न्यायाधीश र सत्तारुढ दलका ठूला नेताका छोराले जमिन फिर्ता गरेकाले मुद्दा नचलाइएकोमा उनले तिब्र आक्रोस पोखिन् ।