-सांकेतिक तस्विर

आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ सुरु 

Hollywood Khabar September 20,2019 Comments

५ असोज,काठमाडौं।दशैंमा उपत्यकाबाट बाहिर जाने यात्रुको लागि आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुला भएको छ ।यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले आइतबारबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ सुरु गरेका हुन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने जानकारी दिए ।आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ।टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ।