तस्बिर वेब

अज्ञात समूहद्वारा मकवानपुरमा २ गाडीमा आगजनी

Hollywood Khabar April 17,2019 Comments

५ वैशाख,काठमाडौं।नेत्र विक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाले आह्वान गरेको बन्दमा मकवानपुरको २ स्थानमा गाडीमा आगजनी भएको छ।

प्रदेश ३ का प्रहरी प्रमुख(डीआईजी)दिपक थापाका अनुसार थाहा नगर पालिका र भिमफेदी गाउँपालिकामा राती अज्ञात समूहले गाडीमा आगजनी गरिएको हो।काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना २ च ९०९४ नम्बरको बसलाई अज्ञात समूहले बुधबार ११:१५ बजे नै आगजनी गरेको डीआईजी थापाले जानकारी दिए।

यस्तै भिमफेदी गाउँपालिका-९ मा तरकारी लोड गरेर राखेको तरकारी बोक्ने ना ४ ख ७९६० नम्बरको गाडीमा अज्ञात समूहले १२:२० बजे आगजनी गरेको थापाको भनाई छ।डीआईजी थापाका अनुसार गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ।बन्दको पूर्वसन्ध्यामा गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।