साङ्केतिक तस्बिर: साभार वेब

अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक व्यापारी घाइते

Hollywood Khabar September 13,2019 Comments

२८ भाद्र सर्लाही।अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक व्यापारी घाइते भएका छन्।प्रहारबाट ईश्वरपुर नगरपालिका-११ निवासी व्यापारी ३५ वर्षीय राजेश साह तेली घाइते भएका हुन्।गएराति ८ बजे उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको पेटमा गोली लागेको बताइएको छ। उपचारका लागि उनलाई राति नै वीरगन्जतर्फ लगिएको छ।

ईश्वरपुर नगरपालिका-१० खैरा बजारबाट घर फर्कंदै गरेको अवस्थामा उखुबारीमा लुकेर बसेको समूहले साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिए।

साहले मोटरसाइकलमा किराना सामान बोकेर पसल-पसलमा होलसेल बिक्री गर्ने गरेको बताइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले जानकारी दिए।