-तस्विर वेब

हावाले उडाएर ल्याएको झिल्कोले ७ बिगाहाको गहुँबाली जलेर नष्ट 

Hollywood Khabar April 14,2019 Comments

२बैशाख,परासी।हावाले उडाएर ल्याएको झिल्कोले आगलागी हुँदा करिब ७ बिगाहामा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ।अन्य किसानले काटिसकेको गहुँको नलमा आगो लगाउने क्रममा हावा आउँदा  गहुँबालीमा आगो सल्केको प्रहरीले जनाएको छ।प्रहरीले गहुँबाली जलेर नष्ट हुँदा करिब ६ लाख बढीको क्षति भएको अनुमान गरेको छ।

आगलागीका कारण पाल्हीनन्दन गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने कुस्मा गाउँमा  १० जना किसानले लगाएको करिब साढे ३ बिगाहा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट भएको छ।त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–४ को लोहरौलीमा आगलागी हुँदा  २० जना किसानले लगाएको ३ बिगाहा १८ कट्ठा गहुँबाली जलेर नष्ट भएको छ।